ट्रेन्डीङ्ग

कपिलवस्तुमा नेकपा निकट युवा र विधार्थीको संयुक्त प्रदर्शन

भदौ १९ कपिलवस्तु ।विप्लव नेतृत्व नेकपा निकट अखिल(क्रान्तिकारी) र युवा संगठन नेपालले संयुक्त रूपमा कपिलवस्तुको बनगाइ बजारमा बिरोध प्रदर्शन गरेका छ।

केही समय अगाडी भारतीय एस एस बिको टोलिले महाकाली नदि पार गर्ने क्रम जयसिह धामिको ल तुइन काटी हत्या गरेको बिरुद्ध,नेपाली भुमी माथि हवाइ गोस्ती,भारतीय सरकार प्रबक्ताको नेपाल प्रतिको हेपाहा प्रबृत्ति विरुद्ध बिरोध प्रदशन गरेको युवा संगठनका जिल्ला अध्यक्ष सागर केसीले बताए।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)कपिलवस्तुका जिल्ला अध्यक्ष बिज्ञानले वर्तमान सरकार आज कहाँ छ ,भनी प्रश्न गर्दै ,हाम्रो नागरिक हत्या हुदा समेत एक शब्द बोल्न नसक्ने सबै बिदेशी दलाल भएको ठोकुव गर्नु भयो । नेपाली भुमिमा हवाइ गस्ती हुदा समेत सरकार मौन रहेको ,यस्तो बिदेशिको चाकडी गर्ने,दलाल सरकार अब जनतालाइ स्विकार्य नहुने कुरा राख्नु भयो । साथै उहाले बिदेशी दादागिरी नरोके सम्म आफ्नो संगठन ,पार्टीले कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।
अर्का वक्ता युवा संगठन नेपाल लुम्बिनी क्षेत्रीय समन्वय समिति सदस्य बादलले वर्तमान सरकार बिदेशबाटै परिचालित भएको,यसको बिकल्पमा हाम्रो संगठन खडा हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साथै कार्यक्रमा युवा संगठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष सागर केसि लगायत युवा,बिद्यार्थीको उपस्थित रहेको थियो। कार्यक्रमको संचालन बिद्यार्थी संगठन जिल्ला उपाध्यक्ष संगिताले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal