ट्रेन्डीङ्ग

कोहलपुर र नेपालगन्जमा नेकपा निकट जनसंगठनको प्रदर्शन

भदौ १९ बाके ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन र विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले बाके जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।विधार्थी संगठन र युवा संगठनको संयुक्त आयोजनामा जयसिंह धामीको हत्या,नेपाली सिमाभित्र भारतीय हेलिकप्टरको गस्ती,अमेरिकी सहयोग एम सिसि सम्झौताको खारेजी र भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपाल माथिको हेपाहा अभिव्यक्ती विरुद्ध बाँकेको कोहलपुर न्युरोड र नेपालगन्जको विपिचोकमा प्रदर्शन गरेको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य कमल बताए।कोहलपुरको कोण सभालाई युवाका भेरी-कर्णाली इन्चार्ज दीपले सम्बोधन गर्नुभएको थियो,भने विपिचोकको कोण सभालाई विद्यार्थी संगठनका केन्द्रिय सदस्य कमलले सम्बोधन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?