ट्रेन्डीङ्ग

डडेलधुरामा माके र एमाले परित्याग गर्दै २८ जना विप्लव नेकपामा प्रवेश

भदौ १९ डडेलधुरा। डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा माके र एमाले छोड्दै दुई दर्जन भन्दा बढी कार्यकर्ताले नेकपा प्रवेश गरेका छन् । नेकपा जिल्ला कमिटिले आयोजना गरेको पालिकाको वार्ड नं ७ मा आयोजित पार्टी ध्रुविकरण कार्यक्रमको अवसरमा माओवादी केन्द्रका १३ र एमाले तर्फका १५ जना गरि जम्मा २८ जनाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा प्रवेश गरेका हुन् ।

अहिलेको यथास्थितिमा संसदवादि दलहरुले देशको स्वाधीनता र स्वाभिमानलाई बचाउन नसक्ने , यि दलहरुका नेताहरु पदिय स्वार्थ पुरा गर्न जनतालाई प्रयोग मात्रै गरेको आरोप समेत लगाएका छन ।

यथास्थितिवादी चिन्तन भएका पार्टीले नेपालको राजनीतिक निकास समेत नदिने भएकाले आफुहरुले क्रान्तिको बाटो रोज्दै नेत्रविक्रम चन्द विप्लवले आह्वान गरेको एकिकृत जनक्रान्तिको पक्षमा उभिएको उनिहरुले बताएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal