ट्रेन्डीङ्ग

नेकपा पाल्पा-गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

मुक्ति गैरे,भदौ १९ पाल्पा ।नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आजबाट पाल्पाको तानसेनमा शुरु भएको छ ।

पछिल्लो समय नामधारि कम्युनिस्ट मात्रै विगविगि भएकोले आम पार्टी कार्यकर्ता एवम् नेताहरुमा कम्युनिस्ट दृष्टिकोण र यसको मर्मलाई व्यवहारत जिवित राख्न उक्त कम्युनिस्ट स्कुलिङ्ग संचालन गरिएको अायाेजक समितिले बताएको छ ।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत नयाँ पिढिलाई कम्युनिस्ट दृष्टिकोणमा बदलेर कम्युनिस्ट दृष्टिकोण व्यवहारिक सफलता,रक्षा र नेतृत्व विकासका निम्ति जाेड दिन स्कुलिङ्ग संचालन गरिएको बताईएकाे छ । स्कुलिङ्ग कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेसराज भुसालले नेता कार्यकर्ताहरुलाई वैचारिक स्तर उठाउन स्कुलिङ्ग अावश्यकताकाे महत्त्वलाई जाेड दिनु भएको थियोे ।

यस्तै स्कुलिङ्गमा वैज्ञानिक अर्थशास्त्र स्कुल विभाग प्रमुख भेसराज भुसाल,दर्शन बिषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य लालबहादुर बिसि र वैज्ञानिक समाजवाद र साैदर्य शास्त्र बिषयमा अखिल नेपाल जनसाँस्कृति महासंघका केन्द्रीय महासचिव तथा स्कुलिङ्ग विभाग सदस्य खेम थपलियाले पढाउनु हुनेछ ।


यस्तै उक्त स्कुलिङ्ग उद्घाटन सत्रकाे संचालक तथा अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी प्रभातले गर्नु भएको थियोे भने प्रशिक्षकहरुलाई अबिर र खाँदा लगाएर नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पाल्पा-गुल्मी ईन्चार्ज अपेक्षाले स्वागत गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal