ट्रेन्डीङ्ग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु

भदौ १९,उत्तम कुमार थापा,बझाङ्ग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सातौँ जिल्ला सम्मेलन सुरु भएको छ ।
आज जिल्लाको जयपृथ्वी नगरपालीका वडा नम्वर १० मा रहेको नेकपा माओवादी पार्टी कार्यालयमा कार्यक्रम सुरु भएको हो ।
सम्पुर्ण वामपन्थी ,प्रगतीशील,देश भक्त तथा जनक्रान्ती विध्यार्थी एकता हुनुपर्छ भन्ने शन्देसका साथ आजवाट नेपाल कम्युनिष्ट पाटी नेकपा माओवादी केन्द्रको भातृ सँगठन अखिल नेपालले आज जिल्ला भेला राखेको नेता रामचन्द्र रोकायाले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अलगअलग भएपछी माओवादीका भातृ सँगठनहरु विस्तारको क्रममा रहेको अखिलका जिल्ला संयोजक देवीजङ्ग बहादुर सिहले बताए । उनका अनुसार आगामी दिनमा स्वतन्त्र  संगठनले देशको नेतृत्वलाई हाक्ने भएको दावी गदै सबैलाई अगाडी वढन अनुरोध गरिएको हो । पार्टी कार्यालयमा आयोजीत एक कार्यक्रममा बोल्दै माओवादीका जिल्ला अध्यक्ष मिन बहादुर कुवरले ” अव माओवादी केन्द्र कतावी पछाडी हट्दैन हामीले देशको नेतृत्व हाक्ने हो । तर तपाई हामीले एकता हुनु जरुरी रहेको बताउँदै युवाहरुलाई जोस देखाउँन आग्रर्ह गनुभएको थियो” ।

अखिलको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमीटी सदस्य तथा छान्नाका जुजारु नेता टोप बहादुर खड्काले भने, अहिले सम्म हाम्रो नेतृत्वले कहि हार खाएको छैन खानेवाला पनि छैन तपाईहरु युवा हुनुहुन्छ अगाडी बढन भन्दै सबैलाई हौसला दिनु भएको थियो । उहाँले फेरी भने युवाहरु हे अव हामी कदावी पछाडी हट्दैँनौ तपाईको सहायता विना पार्टीको कुनै औचित्य नभएको बताउँदै गो अगेन युवा भन्ने शब्द प्रयोग गरेपछी युवामा निकै खुसि व्यक्त  गर्नुभएको हो ।

यतीमात्र हैन युवाले देशको लागी हाक्ने हुनुपर्छ, संगै भ्रष्टाचारको भण्डाफोर गदै अगाडी बढन अनुरोध गरिएको हो । अखिल क्रान्तिकारीले आयोना गरेको कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला सँयोजक देविजङ्ग सिह प्रमुख अतिथि नेकपा माओवादीका जिल्ला अध्यक्ष मिन बहादुर कुवर विशिष्ट अतिथि अखिलका केन्द्रीय सदस्य तथा युवा नेता मदन रोसन विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टोप बहादुर खड्का नरेन्द्र खड्का अतिथि मिन भट्ट पार्वती नेरु दिपक डि सी लगाएत सबै युवाहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा नेकपा माओवादीका युवा नेता तथा जिल्ला कमिटी सदस्य दिपेन्द्र सिहले भने स्वच्छ कमिटी विस्तार गर्न स्वागत गर्दै अनुरोध गनुभएको हो । कार्यक्रममा अनेरास्वयुका जिल्ला अध्यक्ष प्रविन धामी नेविसँघका प्रतिनिधि सिद्धराज जोशी रहनुभएको थियो । अखिल नेपालको सातौँ जिल्ला सम्मेलन आज सुरुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?