ट्रेन्डीङ्ग

बुद्धमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली,भाद्र १९,रुपन्देही ।
बुद्ध इङ्लिस स्कुलको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका ७ देवपारमा अवस्थित उक्त बिद्यालयले विद्यालयमा रहेका शिक्षक शिक्षिका तथा कर्मचारीका बिचमा सो कार्यक्रम गरेको हो ।

बिगतका वर्षहरुमा पनि बिद्यालयमा हुँदै आएको सो कार्यक्रम गत वर्ष कोरोना कै कारण हुन सकेन । विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड-१९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै मौलिक रुपमा संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यस वर्ष भने बिद्यालयले मनाएको हो ।

विद्यालयका प्राचार्य धर्मराज घिमिरेले निकट आउदै गरेको
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन ।

हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दा आफ्नो सौभाग्य प्राप्त हुने परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गर्दछन । यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् भन्ने मेरो विश्‍वास रहेको छ । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्नुपर्ने सरोकारवाला हरु बताउछन् ।

प्राचार्य घिमिरे भन्नुहुमन्छ: “हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु” ।

शिक्षक तथा शिक्षिकाहरु तिजका माैकिक भाकामा दर खादै रमाएका थिए । कार्यक्रम विद्यालयको सभाहलमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal