ट्रेन्डीङ्ग

नेपाल बाल संगठन पश्चिम नवलपरासीले बाल दिवसमा कविता प्रतियोगिता गर्ने

परासी, १८ भदौ । नेपाल बाल संगठन(बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल संगठन जिल्ला कार्य समितिको आज परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९ गते बाल दिवसको दिन जिल्ला व्यापि मावि स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण र बालबालिकाको भोगाई शीर्षकमा बालमन्दिर परासीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको नेपाल बाल संगठनका जिल्ला सभापति पृत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद तथा शील्ड प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागि हुनेले यही भदौ २८ गते भित्र नाम दर्ता गराईसक्नुपर्ने उक्त कार्यक्रमका संयोजक एवं बाल संगठनका जिल्ला उपसभापति दीपक कुमार गैरेले बताउनुभयो । कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्छन् । प्रतियोगिता अन्र्तगत तोकिएको शीर्षकमा विद्यार्थी स्वयम्ले कविता लेखन गरी बालदिवसको दिन हुने कार्यक्रममा वाचन गर्नुपर्ने नेपाल बाल संगठन पश्चिम नवलपरासीका सचिव मोहन पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal