ट्रेन्डीङ्ग

गाउँ गाउँमा संगठनका बनाउदै क्रान्तिकारी माओवादी

पुस्पा गिरी नवलपरासी १७ भाद्र ।

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं शान्तिनगर टोलको संयुक्त भेला सम्पन्न गरेको छ। बिहिवार सम्पन्न भेलाले मुक्तमाया महतो ‘निता’को नेतृत्वमा ९ सदस्सिय सम्युक्त टोल समिति गठन गरेको हो ।

क्रान्तिकारी माओवादी बर्दघाट नगर सहसेक्रेटरी आकाशका अनुसार टोल समितिमा कृष्ण ; दिपा; मुना; नरबहादुर; तारा;सन्सारलगायत चयन हुनुभएको छ । टोल टोलमा पार्टीको प्रारम्भिक (सेल) समिति जनबर्गिय सङगठन एवं मोर्चा गठन कार्य तिब्र बनाइएको उहाँले जानकारी दिनुभयो । भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेलले संसदीय ब्यवस्थाको बिकल्प खोज्नु पर्नेमा जोड दिदै अब त्यसले पहल पार्टीले गर्ने बताउनुभयो ।कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेयले श्रमजिबि जनताको हरेक न्यायिक आन्दोलनमा पत्रकारहरुको साथ रहने बताउनु भयो।

क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्ने दाबी गर्नुभयो । कार्यक्रममा सहभागीहरुले देशमा आमूल परिवर्तन भए पनि बिकृति बिसङगति र महङ्गि वृद्धि उस्तै रहेको र जनताले निकै सास्ती पाएका बिसयमा पार्टीले आवाज उठाउनु पर्ने बताएका थिए ।

युवा बिद्यार्थी,महिला,मजदुर ,किसान,दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुले सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय युवा सन्तोष बिकले पार्टीले गाउँ गाउमा अभियान ल्याएकोमा आफुहरुलाई खुसी लागेको बताउदै असमनताको विरुद्ध उठ्ने हरेक आन्दोलनलाई युवाहरुले साथ दिने बताउनुभयो । कार्यक्रम क्रान्तिकारी माओवादीका नगर सदस्य मुक्तमाया महतोको अध्यक्षतामा भएको थियो ।

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यहि भाद्र २५ गते बर्दघाटमा राजनीति ; सम्पर्क ; संगठन र सङघर्स ( राससस) अभियान उदघाट्न गर्दैछ । डेढ महिने अभियानमा जिल्लाको सबै स्थानीय तहमा पार्टी बिस्तार हुने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal