ट्रेन्डीङ्ग

युवा संगठन नारायणी क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न

केशवराज भट्टराई भदौ १७ चितवन। नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपालको नारायणी क्षेत्रिय समन्वय समितिको दोश्रो पुर्ण बैठक सम्पन्न भएको छ।

चितवनको भरतपुर स्थित सप्तगण्डकि बहुमुखि क्याम्पसमा बिहिबार सम्पन्न भएको बैठकले आगामी कार्तिक १३ देखि १५ गते सम्म दाङमा हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप व्युरो भित्रका सबै जिल्लाहरमा संगठन निर्माण अभियानलाई तीव्रता दिने निर्णय गरेको संगठनका केन्द्रिय सदस्य तथा नारायणी क्षेत्रिय समन्वय समितिका संयोजक राम सेढाईले जानकारी दिए।

बैठकमा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले संगठन निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाउन निर्देशन दिए। साथै उनले संगठन निर्माण सँगसँगै वैज्ञानिक समाजवाद र जनमत संग्रहका विषयमा प्रचारात्मक कार्यलाई पनि अगाडि बढाउन निर्देशन दिएका छ्न।

त्यसै गरी विशेष अतिथि युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष दिनेशले आगामी कात्तिक १३, १४ र १५ गते दाङमा हुने राष्ट्रिय सम्मेलनको तयारीलाई व्यापक बनाउन निर्देशन दिए।

नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बैठकमा युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश विशेष अतिथि रहेका थिए भने नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटा अतिथि रहेका थिए। बैठकको अध्यक्षता युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा नारायणी क्षेत्रिय समन्वय समितिका संयोजक राम सेढाईले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?