ट्रेन्डीङ्ग

सितगंगाका विद्यालयमा अखिल (क्रान्तिकारी)को कालो ब्यानर

भदौ १७ , अर्घाखाँची । विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने सितगंगाका विद्यालयहरुमा कालो ब्यानर राखेर बिरोध गरेको छ ।

संगठनको केन्द्रिय कार्यक्रम र केही समय अघि जिल्ला संगठनले बुझाएको माग पत्रलाई बेवास्ता गरेपछी बुधबार कालो ब्यानर टाँसेको जिल्ला अध्यक्ष बाबुराम एस के ले बताए ।

ज्योति माबी ठाडा र सरस्वती माबी सितापुर लगाएतका विद्यालयमा कालो ब्यानर राखेको बताएका छन् ।

विद्यार्थीबाट क्यारेक्टर सर्टिफिकेटको चर्को शूल्क लिएकोले ।,सरकारी विद्यालयमा राज्यले १२ सम्म निशुल्क शिक्षा भने पनि चर्को शूल्क अ-शूल गरेकोले ।,सरकारी विद्यालयलाई बिस्तारै निजिकरण गर्ने प्रयास गरेकोले,राजनितिक आडमा विद्यालय प्रशासन विद्यार्थीहरुको माग प्रति गम्भिर नभएकोले ,भवन निर्माग गर्दा आर्थिक अनियमितता गरेकोेले जस्ता बिषय व्यानरमा उल्लेख गरिएको छ ।

यस्तै जिल्ला ईन्चार्ज नविन खड्काले संविधानमा आधारभुत शिक्षा अनिवार्य र निशुल्क र माबी शुल्क निशुल्क भनिएता पनि विभिन्न बाहानामा सरकारी विद्यालयहरुले शुल्क उठाइरहेको बताए । यस्तै यो दोस्रो चरणको आन्दोलन भएको र हामिले राखेका मागहरुमा गम्भिर नभए र बेवास्ता गरिएमा तेस्रो चरणको आन्दोलन गर्ने र आन्दोलनबाट हुने क्षती सरोकारवालाले बेहोर्नु पर्ने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal