ट्रेन्डीङ्ग

हामी प्रवासी नेपालि क्रान्तिकारी बन्नुपर्छ

काठमाडौ ।देशका जनताहरुलाई राज्यले पुर्णरुपमा स्वास्थ,शिक्षा,रोजगार,सञ्चार,यतायात र खानेपानी जस्ता हकअधिकार को ब्यवस्था गरिदिनु पर्दछ।तर हाम्रो देशको बर्तमाा शासन प्रणालि हेर्ने हो भने जनताहरुका अधिकार बिरुद्ध लागि परेको छ।यस्तो माहामारीमा पनि प्रवास छिर्नु पर्ने बाध्यता बनाएको छ।यहा रोगले भन्दापनि भोकले मर्नु पर्ने डर भएको छ।बिजया दशैको टिकाले लतपतिएको निधार सुक्न नपाउदै भारत छिर्नेहरुको लर्को छ ।यस्तो माहामारीको बेलामा पनि रोजगारी का लागि प्रवास छिर्नु पर्ने कस्तो सिस्टम हो?कहाँ छ श्रमजीवीहरुका लागि श्रमगर्ने श्रोत सम्मानिय प्रधानमन्त्री ज्यु ?यस्को जवाफ छ तपाई संग हं? कतिको लज्जास्पद कुरा छ आफ्नो श्रमबेच्नु पर्ने त्योपनि अरुको देशमा र त्यहि प्रवासी नेपालिहरुको रेमिटान्सबाट तपाईहरु भने मार्सि चामलको भात र वाईन हुस्किमन ब्यस्त हुनुहुन्छ ।हाम्रो देशमा बर्तमान संसदिय ब्यवस्था जिवितै रहने हो भने हामी मात्रै हैन हाम्रा भाविपुस्ताहरुले पनि प्रवासको गल्लिगल्लीहरुमा श्रमबेचीराख्नु पर्नेछ ।अब हामी जस्ता सक्षम युवाहरुले स्वदेशमै रोजगारी को सम्भावना देख्नुपर्छ।र स्वदेशमै श्रमगर्नु पर्छ।बाकि प्रवासी दाजुभाइहरुले पनि अबको छोटो समयमा मीठो प्रगति गरेर स्वदेश फर्कनु पर्छ ।त्यहा रहुनजेल हामी नेपाली दाजुभाइ दिदिबहिनीहरुले एउटा क्रान्तिकारी मेन्टालेटी बनाउनु पर्छ प्रवासमा रहुनजेल हामिसबै प्रवासी दाजुभाइहरुले एकआपसमा सहकार्य गर्दै ब्यक्तिगत सुधार र प्रवास भित्रपनि उत्पिडन परेका नेपालिहरुको साथसहयोग र एउटा समस्या हलको निश्कर्षमा पुगाउनु पर्छ।र देश भित्रहुने बेईमान राजनितीका बिरुद्ध धावाबोल्ने क्रान्तिकारी संगठनमा आवद्ध हुनु आजका प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु कार्यभार पनि हो।किनकि हामि त प्रवासमा त्यहा त तत्काल समस्या हल गर्न श्रम गरेर केही पैसाको कमाएर सपनाको स्यानो घर बनाउन मात्रै गएका हौं ।अगामि दिनहरुमा हामिले स्वदेशमै फर्कनु पर्ने हुन्छ र यो कुरा सत्य पनि हो भन्ने हामीलाई लाग्दछ। -दिपेन्द्र सिहं ऐरि बैतडी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?