ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)अर्घाखाँचीद्वारा विभिन्न विद्यालयमा कालो व्यानर

अर्घाखाँची १५ भदौ। विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिभिन्न बाहानामा शूल्क असुल गर्ने विद्यालयहरुमा कालो ब्यानर राखेर बिरोध गरेको छ ।

संगठनको केन्द्रिय कार्यक्रम र केही समय अघि जिल्ला संगठनले बुझाएको माग पत्रलाई व्यवस्था गरेपछी मंगलबार कालो ब्यानर टाँसेको जिल्ला अध्यक्ष बाबुराम एस केले जानकारी दिए ।

जिल्लाका जनज्योती मावि चुत्राबेशी, युवाबर्ष रविचित्र मावि हटारी,महेन्द्र विद्यावोध मावि छत्रदेव, विश्व मावि ढाकावाङग, शिद्धार्थ मावि रतनमारे शान्ती मावि वाँगी,शिवमदन मावि नरपानी लगाएतका विद्यालयमा कालो ब्यानर राखेको बताएका छन् ।

विद्यार्थीबाट क्यारेक्टर सर्टिफिकेटको चर्को शूल्क लिएकोले,सरकारी विद्यालयमा राज्यले १२ सम्म निशुल्क शिक्षा भने पनि चर्को शूल्क अशूल गरेकोले,सरकारी विद्यालयलाई बिस्तारै निजिकरण गर्ने प्रयास गरेकोले ।,राजनितिक आडमा विद्यालय प्रशासन विद्यार्थीहरुको माग प्रति गम्भिर नभएकोले,भवन निर्माग गर्दा आर्थिक अनियमितता गरेकोेले लगायतका बुँदाहरु राख्दै कालो ब्यानर राखेको छ ।

यस्तै जिल्ला ईन्चार्ज नविन खड्काले यो दोस्रो चरणको आन्दोलन भएको र हामिले राखेका मागहरुमा गम्भिर नभए र व्यवस्था गरिएमा तेस्रो चरणको आन्दोलन गर्ने बताए । आन्दोलनबाट हुने क्षती सरोकारवालाले बेहोर्नु पर्ने घोषणा गरेका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal