ट्रेन्डीङ्ग

जनपत्रकार संगठन दाङको दोस्रो सम्मेलन सम्पन्न,अध्यक्षमा हेमन्त

दाङ भदौ १५ ।
जनपत्रकार संगठन नेपाल दाङको दोस्रो जिल्ला सम्मेलन घोराहीमा मंगलवार सम्पन्न भएको छ।सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिती चयन गरेको छ।जसको उपाध्यक्षमा जंग रेउले,सचिवमा डिल्ली भुसाल,सह-सचीवमा दोर्ण केसि कोषाध्यक्षमा झुमा वलीलाइ चयन गरेको छ । त्यस्तै सदस्यहरुमा खगेन्द्र डागी,प्रकाश वली,शिवराज वली,निरज बस्याल,अंगराज परियार,रमेश चौधरी,गिता सुनार,देव बहादुर वली,नरेन्द्र यादव,प्रकाश डागी,अशोक शर्मा र कृष्ण अधिकारी रहेका छन।दोस्रो जिल्ला सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि शितलले आफ्नो पार्टी र सरकार बिच भएको तीन बुदे सहमतिको बिसयमा केही दलालहरुले भ्रम छर्न खोजेको प्रती आपत्ति प्रकट गर्दै जनपत्रकारहरुले सत्य,निस्पक्ष सुचना जनतालाइ सम्प्रेषण गर्न आग्रह गरे।नेता शितलले नेपालको राजनितीक,आर्थिक,सामाजिक लगाएत बिबिध समस्याहरु हल गर्न आफुहरुले सरकारसंग तीन बुदे सहमती गरेको प्रष्ट पारे।एक फरक प्रसंगमा नेता शितलले संसदीय दलाल सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार र दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान अभियानमा पार्टी अघि बढेको बताए।केही प्रतिक्रियावादीहरुले आफुहरु जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको माग गर्दा अत्तालिएको समेत बताए।उनले भने,लोकतन्त्रको उच्चतम रुप जनमत हो भने जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिउ ।जनपत्रकारहरुले अब आफुलाइ मानव समाजको सर्बोत्तम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि कलमको मोर्चामा कृयाशिल गराउन अपिल गरे।

कार्यक्रममा बिशिस्ट अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाना केसिले समाज रुपान्तरण गर्न पत्रकारिता गर्नुपर्ने धारणा राखिन।उनले पुजिपतिहरुले आफ्नो लुटको स्वर्ग बचाउन पत्रकारिता आफ्नो ढंगले चलाएको बताइन। आफुहरुको पत्रकारिता मिसन पत्रकारिता नै भएको नेतृ दानाको भनाइ थियो।

यस्तै सम्मेलनमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले दलाल राज्यव्यवस्थाको कारणले पत्रकारिता क्षेत्रको बिकाश नभएको धारणा राखे।पत्रकारितामा भइरहेको बिकृती बिसंगतिका विरुद्ध सम्मेलनबाट निर्वाचित नया नेतृत्वले हल गर्नुपर्ने नेता प्रदिपको भनाइ थियो।

सम्मेलनमा जिल्लाका कृयाशिल पत्रकार संगठनका प्रतिनिधिहरू लगाएत पार्टी निकट जनबर्गिय संगठन अखिल(क्रान्तिकारी),नेपाल गणतान्त्रिक खेलकुद महासंघका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।जनपत्रकार संगठन नेपाल दोस्रो दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाना केसि र नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको बिशिस्ट आतिथ्य,अखिल(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर,गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य कमल आर.सी.,गणतान्त्रिक खेलकुद महासंघ राप्ती संयोजक अर्जुन,प्रेस चौतारी दाङका अध्यक्ष जे.एन.सागर,प्रेस संगठन नेपालका जिल्ला कार्यालय सदस्य पाण्डव शर्मा,नेकपा दाङ जिल्ला सदस्यद्वय राजकुमार र महान,दलित पत्रकार संगठन दाङ जिल्लाका बरिस्ठ उपाध्यक्ष गिरिराज नेपाली,सिस्ने अनलाइन प्रतिनिधि हिमाल महारा,युगबोध दैनिकका प्रतिनिधि आभाष बुढाको आतिथ्य रहेको थियो।

सम्मेलनबाट नबनिर्वाचित कमिटीलाई बधाइ मन्तव्य मन्तव्य पार्टी जिल्ला कमिटी सदस्यद्वय राजकुमार र महानले राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?