ट्रेन्डीङ्ग

दैलेख नेकपाको आयोजनामा वर्तमान राजनीति संकट र समाधान विषयक अन्तरक्रिया

भदौ १४ दैलेख ।
नेपाल कम्युनिस्ट पार्टी दैलेखको आयोजनामा नेपालको बर्तमान राजनितिक सकट र यसको समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाले संसदीय राजनितिक प्रणाली पुर्ण रुपमा असफल भएकाले यसको अग्रगामी निकास भनेको दलाल पुँजीवादी ब्यबस्था र वैज्ञानिक समाजबादी व्यबस्थाबारे जनमत संग्रह गरिनुपर्ने कुरा उल्लेख गर्नु भयो।

जनमत सग्रहका लागि सम्पुर्ण जनताहरु आन्दोलन गर्न सडकमा आउनुपर्ने कुरामा जोड गर्दै उहाँले सँयुक्त प्रगतिशील सरकार जनमत संग्रहले संसदीय व्यवस्थाको अन्त गरेर बैज्ञानिक समाजबादी ब्यवस्थाको स्थापना हुने र यसले संसारलाई नयाँ सन्देश दिने कुरा वताउनु भयो।

 

कार्यक्रममा केन्द्रीय सदस्य एटम बिसी, नेकपा एकीकृत समाजवादी पार्टी दैलेखका अध्यक्ष बेदनाथ योगी,राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम बहादुर थापा, पुष्पलाल मित्रता केन्द्र दैलेखका अध्यक्ष मायाराम अधिकारी, उधोग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर बिक अतिथि रहनु भएको थियो। कार्यक्रममा जिल्लाका राजनितिक पार्टी, कर्मचारी, ब्यापारी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी दिपेन्द्रले गर्नु भएको कमल सिहले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?