ट्रेन्डीङ्ग

नेत्रहिन युवासंघ नेपाल चितवनको अध्यक्षमा भुपराज पाठक निर्वाचित

भदौ १४ चितवन । दृष्टिबिहिन युवाहरुको साझा संगठन नेत्रहिन युवासंघ नेपाल चितवन शाखाको अध्यक्षमा भुपराज पाठक निर्बिरोध निर्बाचित हुनुभएको छ।

‘समावेशी लोकतन्त्रको सार्थकता हरेक क्षेत्रमा दृष्टिबिहिन युवाहरुको सहभागिता’भन्ने मुल नाराका साथ भरतपुरमा सम्पन्न चितवनका दृष्टिबिहिन युवाहरुको भेलाले पाठक अध्यक्ष रहेको सो समिति सर्वसम्मत चयन गरेको हो।

समितिका अन्य पदाधिकारीहरुमा सुमन पौडेल उपाध्यक्ष, कोपिला के.सी. कोषाध्यक्ष,किरण पन्त सचिव तथा दानबहादुर गुरुङ सह सचिव चयन हुनुभएको छ।नौ सदस्यीय उक्त समितिलाई नेत्रहिन युवासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कलाधर भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

प्रतिबद्धता मन्तव्य राख्दै नवनियुक्त अध्यक्ष पाठकले सम्पुर्ण दृष्टिबिहिन युवाहरुको सहभागिता र क्षमता अभिवृद्धिमा संघलाई सक्रिय बनाउने बचनबद्धता ब्यक्त गर्नुभएको छ।

उक्त कार्यक्रममा सहभागी हुने युवाहरुलाई निःशुल्क ‌स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal