ट्रेन्डीङ्ग

कञ्चनपुरमा छिमेकी बीचको झगडा – दुवै पक्षद्वारा प्रहरीमा उजुरी

गणेश एसके,भदौ १४, कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका ०७ हल्दुखालमा छिमेकीविच झगडाका कारण दुवै पक्ष न्याय खोज्न प्रहरी कहा पुगेका छन् । लामो समयदेखि सामान्य जनजीवन संग जोडिएका विषयमा सम्बन्धित कुराहरूमा उक्त टोलमा झगडा भइरहने खुल्नमा आएको छ ।

सोही भीमदत्त नगरपालिका ०७ स्थित हल्दुखाल मा
बडू र विष्ट परिवारविच साधारण विषयमा विवाद मात्र हुने नभई एक आपसमा गाली गलौच , हातपात, उजुरी जस्ता क्रियाकलाप हुँदै आएको देखिएको छ । प्राय जस्तो त्यहाँका टोलबासी शिक्षित वर्गका नै देखिन्छन र श्रीमान कामकाजका लागि बाहिर तिरै बढी हुन्छन । तर महिला महिला बीच अस्वभाविक व्यवहार हुन पुगेर ती विवाद हरू प्रहरी मा , वडा कार्यालय सम्म समस्याको रूपमा पुग्ने गरेको देखिन्छ । झगडाको कारण चाहिँ कहिले सिँचाईको कुलो, त कहिले पशु चौपाया, बालबालिका लगायतको विषयमा लगातार विवाद भएर छिमेकी लाई समेत चिन्तित भएको बताउँछन् । श्रीमतीहरु एक आपसमा लड्न थालेपछि उनीहरुका श्रीमान हैरान भएका छन ।

गएको शुक्रबार पनि कलावती विष्ट(कार्की) र भागरती बडूविच भएको विवादले एक आपसमा हातपात नै भएको छ ।भागरथी बडूले आफ्नो गोठ भत्काएको विषयलाई लिएर कलावती विष्टसंग झै झगडा हात हालाहाल नै भएको देखिन्छ । दुवै पक्षले एक अर्का लाई आरोप प्रत्यारोप लगाइरहेका छन् ।

कलावती विष्टले भागरथीका श्रीमान हरिबडूमाथि गम्भिर आरोप लगाएका छन । महिलाको झगडामा भागरतीका श्रीमान आएर हातपातका साथै यौनदुव्र्यवहार गरेको आरोप लगाएका छन र उनी नेपाल प्रहरीमा डडेल्धुरामा कार्यरत व्यक्ति पनि हुन । भने यता अर्को पक्षका भागरथी बडूले कलावती सहित उनका भाई मनोज कार्कीले आफुमाथि कुटपिट गरेको आरोप लगाएकी छिन । हरि बडूले आफुमाथि लगाएको आरोप निराधार भएको बताए । ‘मैले कलावती माथि हालपात गरेको छैन, ‘उनले भने, ‘मैले उनीहरूको झगडा शान्त गर्ने मेरी श्रीमतीलाई घरभित्र लागेको हुँ ।’ विष्ट र बडु दुवै पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

उक्त टोलका स्थानीय हरुले एक आपसको सामान्य विषयहरू नलम्ब्याई मिलेर बस्नु पर्ने बताउँछन् । कञ्चनपुर प्रहरीले दुवै पक्षले आफूलाई उजुरी दिएको बताउँदै उक्त घटना बारे दुवै पक्षलाई सोधपुछ छानबिन भइरहेको बताएका छन् ।गएको असारमा सिँचाईको कुलोको विषयमा भागरती र कलावतीविच कुटपिट भई प्रहरीमा मिलापत्र भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?