ट्रेन्डीङ्ग

जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा बिरेन्द्र शाही निर्वाचित

तिलक बिष्ट ,जाजरकोट ,भदौ १४ । जनपत्रकार संगठन नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विरेन्द्र शाहिको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ।

जसमा उपाध्यक्षमा प्रेम वि क ,सचिव सुनिल सिंह,सहसचिव कविता वि क र कोषाध्यक्ष दिलमाया महतारा रहनु भएको छ ।

भेलालाई प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वसन्त वि कले सम्बोधन गर्दै पत्रकारिता पनि वर्गीय भएकोले जनताको पक्षमा कलम चलाउने पत्रकार हुनुपर्ने वताउनुभयो।उहाले पत्रकारिता भित्रपनि दलालि चलेको उल्लेख गर्दै त्यस्तो पत्रकारिता अन्त्य गर्न आवश्यक भएको बताउनुभयो । दलाल पत्रकारिता अन्त्यको लागि दलाल संसदिय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवाद चाहिने भन्दै त्यसको लागि जनमत संग्रहको आवश्यकता रहेको वताउनुभयो।

नेकपाका केन्द्रीय सदस्य तथा विशेष अतिथि संगम आर सिले अहिलेको संसदिय व्यवस्था असफल भैसकेको दावि गर्दै यसको विकल्प खोज्ने अधिकार जनतालाई दिनुपर्ने बताउनुभयो।उहाले पत्रकार संगठन राज्यको मात्र नभइ पार्टीको समेत चौथो अंग भएको बताउनुभयो । नेकपाका जिल्ला सेक्रेटरी अनन्तले संसदीय व्यवस्थामा केही पत्रकारहरु लुटिखाने र लुट्ने ठाउँमा पुगेको बताउनुभयो ।

भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि वसन्त वि क विशेष अतिथि संगम आरसि लगायतले बधाई दिनुभएको छ।

विरेन्द्र शाहीको अध्यक्षतामा शुरु भएको कार्यक्रम अखिल(क्रान्तिकारी)जाजरकोट सचिव तिलक बिष्टले सन्चालन गर्नुभएको कार्यक्रममा जिल्ला भरिबाट झन्डै ३० जना प्रतिनिधि,प्रयेवेक्षकहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?