ट्रेन्डीङ्ग

बि.सि.डब्लु.युथ नेपाल सुनवलद्वारा बाढी पिडितलाई सहयोग

सागर पौडेल ,सुनवल भदौ १३ ।निरन्तर बर्षाका कारण देशभर बाढि -पहिरोको जोखिम बढिरहेको छ ।पहाडी भागमा पहिरो र तराई भागमा बाढी आएर हजारौ मानिस विस्थापित भएका छन ।

लगातार परेको पानीका कारण डुबानमा परेका परिवारलाई सुनवलबाट संचालित बि.सि.डब्लु. युथ नेपाल क्लबले सुनवल ६को बिसासय र सुनवल ३ को सुनवलका १० परिवारलाइ खाद्यान्न सहयोग गरेको छ ।बि.सि.डब्लु.युथ नेपालका सचीव रोशन श्रेष्ठको नेतृत्वमा गरिएको सहयोग मा चामल, नुन, तेल ,सोयाबिन, सुकेको खुर्सानी, साबुन र सरफ सहयोग गरेको हो ।

“भनिन्छ बिपत्ति खबर गरेर आउदैन, जहिले पनि जुन बेला पनि हुन सक्छ प्रकृतिलाई कोले छेक्न सक्छ र? तसर्थ आउनुस मिलेर सहयोग गरौं । बिचार धारा पार्टी फरक होला तर यो दुखमा मानवताको नाताले सेवा गरौं। मेरो र आफ्नो छोडेर वास्तविक दुखित पिडितको सेवा गरौं। हामीलाई थाहा छ हामिले सबैलाई सधैलाई सक्दैनौ तर जति सक्छौ ईमानदार रुपमा गर्नेछौ”सचीव श्रेष्ठले भन्नू भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal