ट्रेन्डीङ्ग

परमादेश सरकार जनता प्रति जिम्मेवार भएन:पुर्व मन्त्री रायमाझी

हरि कुँवर , अर्घाखाँची भदौ १२।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री टाेपबहादुर रायमाझीले परमादेश सरकार जनता प्रति जिम्मेवार नभएको दाबी गरेका छन ।

सन्धिखर्क अगुवा कार्यकता संगको छलफलमा सम्बोधन गर्दै नेता रायमाझीले परमादेश सरकार जनता प्रति जिम्मेवार नभएको भन्दै न्यायलय दलिय व्यवस्थानै धराप परेको बताएका हुन ।

महाकाली तर्ने क्रममा तुइनबाट नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटना अनुसन्धान गर्नुको सट्टा परमादेश सरकार कानमा तेल राखे बसेको आरोप लगाए ।

प्रचण्ड – माधवले आत्म-विश्वास गुमाए सकेको राजनीतिक अस्थिरता उत्पन्न गरेको हुनाले प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्नुपर्ने बताए । जनता प्रतिको जिम्मेवारी हाम्रो कादमा भएकोले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा चम्किलो बलियो र पहिलो पार्टी हुने समेत दाबी गरे ।

ओली सत्तामा आउँदा नेपालको बिद्युत उत्पादन ७५० मेगावाट थियो ओली ३ बर्ष सत्तामा बस्दा ७५० मेगावाट बाट १९०० मेगावाट पुग्यो । नेता रायमाझीले तर्क होइन तथ्य हेर्नू र बुझ्नु पर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?