ट्रेन्डीङ्ग

जनपत्रकार संगठन कञ्चनपुरको अध्यक्षमा गणेश एसके

भदौ १८,कञ्चनपुर । जनपत्रकार संगठन नेपाल कञ्चनपुरको गणेश एसकेको अध्यक्षतामा शुक्रबार १७ सदस्यीय जिल्ला समिति चयन सहित भेला सम्पन्न भएको छ । केन्द्रीय सम्मेलनलाई भवयतापूर्वक सम्पन्न गर्न अहिले देशैभर जनपत्रकार संगठन नेपालले जिल्ला र प्रदेशका भेला धमाधम भइरहेका छन् ।

उक्त कार्यक्रममा जिल्लाका पार्टी सचिव तथा प्रमुख अतिथि जीवनले सम्बोधन गर्दै आजको दिनहरूमा राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्र ओझेलमा परेको बताउँदै स्वच्छ र निष्पक्षतता सहितको जनपत्रकारिता अहिलेको मुख्य आबस्यकता रहेको बताएका छन । हाम्रो पार्टी र नेपाल सरकार संग गरेको तीन बुँदे सहमति लाई प्रतिक्रियावादी हरुले गलत ढंगले भ्रम छरेको र यसका विरुद्धमा जनपत्रकार हरुले सत्यतथ्य कुरा जनता सामु पुर्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन।


कलमको माध्यमबाट जनतालाई वैज्ञानिक समाजवाद स्थापना गर्नको लागी समाजवादी जनमत तयार गर्नु को लागि बलियो माध्यम रहेको पनि उहाँको भनाई थियो । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि तथा जनपत्रकार संगठन का सुदुर पश्चिम संयोजक प्रकाश थापा ले बोल्दै पत्रकारिता क्षेत्र आफैमा एउटा जिम्मेवार निकाय रहेको बताउँदै उन्नत र सभ्य समाजको अभियानकर्ता पनि रहेको बताएका छन।अहिलेको समग्र मीडिया वर्ग दलाल र पुजीपति को हातमा केन्द्रित छ जसले गर्दा समाज नै असमानताको खाडल मा पुग्न गएको उहाँको भनाई थियो ।

जिल्ला पार्टी सचिव जीवनको प्रमुख आथित्यतामा भएको उक्त भेलामा विशिष्ट अतिथि जन पत्रकार संगठन नेपाल सुदुर पश्चिम संयोजक प्रकाश थापा, अतिथिहरुमा जिल्लाका आर्थिक विभाग प्रमुख राम भट्ट, कार्यालय सचिव भुवन कुँवर,युवा संगठनका अध्यक्ष वीरेन्द्र जोशी,पत्रकार महासंघ कञ्चनपुर जिल्ला अध्यक्ष माधव धामी, सुदुर दर्पणको प्रकाशक भास्कर केसि,जनता टेलिभिजन प्रतिनिथि धर्मराज कठायत,लिपुलेक खबर सञ्चालक दिनेश महरा लगायत अन्य जिल्लाका पत्रकारहरु तथा जिल्लाका नेताहरुको सहभागिता रहेको थियो।

त्यसै गरी सुभकामना मन्तव्यमा पत्रकार महासंघ का अध्यक्ष माधव धामी,जिल्ला पार्टीका न्याय विभाग प्रमुख खडक सिंह धामी,भीमदत्त नगर सचिव दीपेन्द्र ऐरीले गरेका थिए भने बधाई मन्तव्यमा जिल्ला युवा संगठन अध्यक्ष वीरेन्द्र जोशी,आर्थिक विभाग प्रमुख राम भट्ट ले राखेका थिए । सो कार्यक्रममा गणेश एसकेले सञ्चालन र अध्यक्षता गरेका थिए ।

निर्वाचित अध्यक्षले संगठनले दिएको जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्ने वर्तमान परिस्थिति पत्रकारिता क्षेत्रमा भएका विकृति विसंगतिको विरुद्धमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन ।

उक्त भेला बाट गणेश एसके को नेतृत्वमा उपाध्यक्ष राजेन्द्र कुमार विसी, सचिव अनमोल बिष्ट,कोषाध्यक्ष लक्ष्मी थापा मगर, सह सचिव प्रतीक थापा मगर र सदस्यहरुमा सरोज जोशी,प्रकाश लोहार,सुनिल राना,सुदिप राना,मुकेश बडुवाल , रमेश मल्ल ,भूपेन्द्र भण्डारी,सपना सुनार,कमला विक,टेक बहादुर थापा लगायत दुई जना थप्ने गरी १७ सदस्यीय जिल्ला समिति चयन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?