ट्रेन्डीङ्ग

जनपत्रकार संगठन कपिलवस्तुको दोस्रो भेला सम्पन्न,अध्यक्षमा अनिल थारु

अनिल नेपाली,भाद्र १२ कपिल्वस्तु ।जनपत्रकार संगठन नेपाल कपिलवस्तुको दोश्रो भेला सम्पन्न भएको छ । भेलाले अनिल थारूको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ ।

भेलाले समितिको सचिबमा ईमान सुनार कोषाध्यक्षमा सुस्मिता भट्टराई रहेको १५ सदस्यीय समिति गठन गरेको हो ।

दोश्रो भेलालाई संवोधन गर्दै नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य कपिलवस्तु अघांखाँचि ईन्चार्ज पदम के.सि.ले जुझारुले समाजमा घटेका घटनाको यथार्थ चित्रण गरेर समाज रूपान्तरण पत्रकारले महत्त्वपूर्ण भुमिका निभाउनुपर्ने बताउदै जनपक्षिय पत्रकारिताको यात्रा अलि फरक भएको बताउनुभएको थियो ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य दाना के.सि. र अनिल नेपालीले पत्रकारिता समाज रूपान्तरणको माध्यम भएकोले सबैले खोज पत्रकारिता गनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारिका कपिलवस्तु अध्यक्ष विष्णु राउत तथा संगठनका अघांखाँची अध्यक्ष अयान वि.क.ले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रम संगठनका कपिलवस्तु संयोजक अनिल थारूको अध्यक्षता ईमान सुनारको स्वागत मन्तब्य तथा चन्द्र वलि यादबको सञ्चालनमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?