ट्रेन्डीङ्ग

बझाङ:क्षयरोग कार्यक्रमको कोहर्ट बिश्लेषण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

English English Nepali Nepali

उत्तम कुमार थापा ,भदौ १२ ,बझाङ ।बझाङ जिल्ला स्तरिय क्षयरोग कार्यक्रमकाे काेहर्ट विश्लेषण तथा समिक्षा गाेष्ठी सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय बझाङ्गको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटेै पालिकाले प्रतिनिधित्व गरेका थिय । कार्यक्रममा आव २०७७/०७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रमहरुको समिक्षा भएको स्वास्थ्य कार्यालय बझाङ्गका क्षयरोग फोकल पर्सन नारायण जोशीले बताउनु भयो ।

आ व २०७७।७८ मा नया बिरामि पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको र जम्मा १४९ जना क्षयरोगका बिरामि हरुले जिल्लाका बिभिन्न स्वास्थ्य सस्थामा दर्ता भई उपचार लिएको र आ व २०७७।७८ मा बिरामीको उपचार सफलता दर ८९ प्रतिशत रहेको छ बिगत बर्षको तुलनामा यस वर्ष नया बिरामि पत्ता लाग्ने दर १४ प्रतिलाखका दरले बढेको हो । नेपाल ले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्य लिए पनि समुदायमा क्षयरोगका बिरामिहरु धेरै रहेका तर उपचारको दायरा ल्याउन नसक्दा चुनौति थपिएको जोशी बताएका छन ।

समाजमा क्षयरोग र क्षयरोगका बिरामि हरु प्रति को बिध्यमान धारणा ले गर्दा धेरै नागरिकहरु अहिले पनि रोग लुकाएर बसेको र आगामि दिनहरुका सरोकार वाला सवैले लुकेर रहेका बिरामि हरु लाई खोज्ने र तिनि हरु लाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रमहरु सञ्चालन गरे मात्र लक्षमा पुग्न सकिने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले वताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal