ट्रेन्डीङ्ग

पत्रकार माधब सुबेदीको निर्देशनमा छोटो चलचित्र “गरिबको तीज” सार्वजनीक

देवचुली,भदौ ११।

नेपाली महिलाहरूको महान चार्ड हरितालिका तीजको अबसरमा नयाँ “गरिबको तीज” नामक नेपाली छोटो चलचित्र सार्वजनिक भएको छ ।

यसैविचमा नवलपुरका पत्रकार माधब सुबेदीको निर्देशनमा समाजमा घटेका एथार्त विषयबस्तुहरुलाई समेटेर बनाइएको नया “गरिबको तीज”सार्वजनिक भएको हो ।

यस भन्दा अगाडि “डकडाउन”, “छेउ न टुप्पो”बाट अभिनय गर्दै आएका सुबेदीले ३ वटा नेपाली छोटो चलचित्रमा निर्देशन एवम निर्माताको भुमिका समेत निभाउदै आएका छन। छोटो चलचित्रमा क्यामेरा साथै निर्देशक माधव सुवेदी, निर्माता आशिष ढकाल, कथाकार, इन्द्रवती पाण्डे, कलाकारहरु सुष्मा पोखरेल, प्रतिमा आचार्य, निसा सुवेदी पौडेल, मीना सुवेदी, मालती पाण्डे, प्रमिला आचार्य, दीपिका अधिकारी, अशु पाण्डे, मीना सुवेदी, माधव सुवेदी, सचिन बिमली, बलराम पौडेल, सम्पादक किंग्स स्टुडियो, अमरापुरीका रिंकु सापकोटा रहेका छन् ।

भिडियो निर्देशक “माधब सुबेदी”को आफ्नै युट्युब च्यानल रजहर अनलाइन टि।भीमा सार्वजनिक भएको छ। भिडियो हेर्नका लागि तल दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal