ट्रेन्डीङ्ग

कपिलवस्तु लघुबित्त संघको अध्यक्षमा सुशील गौतम

भदौ ११ कपिलवस्तु । कपिलवस्तु बाणगगा नगरपालिका क्षेत्रमा शाखा कार्यालय रहेका लघुबित्त सस्थाहरुको छाता सगठन कपिलवस्तु लघुबित्त सघको नया गठित कार्यसमितिमा निर्धन उत्थान लघुबित्त ओदारी शाखाका शाखा प्रबन्धक सुशील गौतम निर्बिरोध चयन हुनुभएको छ।

जिल्लाको जग्दिश्पुरमा भएको सम्मेलनले गौतम लाई अध्यक्षमा चयन गरेको हो।

लघुबित्तको साझा समस्यालाई मिलेर समधान गर्ने जिल्लामा उत्कृष्ट लघुबित्त कार्यक्रम सन्चालन गर्ने र लघुबित्त कर्मचारीलाई आइपर्ने समस्यालाई साझा रुपमा मिलेर हल गर्ने लगायतका साझा कार्यक्रम पूरा गर्ने उद्देश्यले लघुबित्त सघ गठन गरिएको हो।

बाणगगामा अबस्थित लघुबित्त मात्र नभएर जिल्ला भरमा रहेका लघुबित्तलाइ समेटेर लघुबित्त सघलाई पुर्णता दिने अध्यक्ष गौतमले बताउनु भयो।

लघुबित्त सघमा कोषाध्यक्ष सुस्मिता भण्डारी सचीवमा नरेन्द्र पौडल ,सदस्यमा गगा गौतम र रामबहादुर आले रहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?