ट्रेन्डीङ्ग

२४ घन्टा भित्र कृषि मन्त्री शाहीलाई बर्खास्त गर्न युवासंघ र अनेरास्ववियुको माग

खगेन्द्र हमाल, सुर्खेत, भदौ ११ ।कर्णाली प्रदेश सरकारका कृषि मन्त्री कुर्मराज शाहिलाई बलात्कारको आरोप लागिरहेको छ।बलात्कारको आरोप  खेपिरहेका कृषि मन्त्री कुर्मराज शाहीले तत्काल राजिनामा नदिए आन्दोलन गर्ने अनेरास्ववियु र युवासंघ सुर्खेतले चेतावनी दिइएको छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल सुर्खेतले शुक्रबार एक विज्ञप्ती जारी गर्दै तत्काल मन्त्री शाहीलाई नैतिकताका आधारमा राजिनामा दिन चेतावनी दिइएको छ।बलात्कार जस्तो गम्भीर आरोप लाग्दा समेत नैतिकताका आधारमा राजिनामा दिनुपर्नेमा प्रदेश सरकारसहित सरकारमा संलग्न राजनीतिक दलहरु यसरी मौन हुनु निन्दनिय र खेदजनक कार्य भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

 

कर्णालीका जनताको अमूल्य मतलाई अवमुल्यांकन गर्दै जघन्य अपराधिक घटनाहरुलाई निर्मूल गरि सभ्य समाजको निर्माण गर्नुको सट्टा उल्टै अपराधीको संरक्षणमा प्रदेश सरकार लाग्नुले लञ्जित बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ।बिज्ञप्तिमा २४ घण्टाभित्र मन्त्री शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त नगरे चरमबद्ध रूपमा आन्दोलन गर्ने अनेरास्ववियु र युवा संघले चेतावनी समेत दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal