ट्रेन्डीङ्ग

नेपाली काँग्रेस पर्वतका युवा नेता प्रविनको पहलमा ईर्मिचौर माझि वस्तीमा राहत वितरण

अमृत भटृराइ भदौ ११ पर्वत । नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य तथा युवा नेता प्रविन गुरुङले पर्वतको बिहादी गाउँपालिका ३ रानीपानिको इर्मिचौरमा रहेकोे माझी बस्तीमा पुगेर विभिन्न खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।

धेरै समय देखि बसोबास गर्दै आएको माझी बस्तीमा युवा नेता गुरुङले राहत सामाग्री लिएर जानुभएको थियो।

नेता गुरुङको पहलमा पर्वत समाज अमेरिकाको सहयोग र नेता गुरुङको व्यक्तिगत सहयोगमा उक्त सामाग्री वितरण गरिएको नेपाल तरुण दल बिहादीका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो।

पछिल्लो समय कोरोनाको माहारले उक्त माझी समुदायलाई खाद्यान्न लगाएका विभिन्न समस्य परेको भने खवर पाएपछि पर्वत समाज अमेरिकी को पहल र केही आफ्नो व्यक्ति लगानीमा राहत वितरण गरेको युवा नेता गुरुङले जानकारी दिनुभयो ।उक्त राहत सामाग्री पाएपछि माझी वस्तीका बासिन्दा निकै खुशी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?