ट्रेन्डीङ्ग

कपिलवस्तुमा अखिल(क्रान्तिकारी)द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध प्रदर्शन

भदौ ९,कपिलवस्तु ।अखिल ( क्रान्तिकारी ) कपिलवस्तुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि बिरुद्ध प्रदशन गरेको छ।

क्रान्तिकारीले कपिलवस्तुको बाणगंगामा संगठनको पुर्वघोषित कार्यक्रम अनुसार संगठनले आयल निगमले गरेको मूल्य वृद्धिको विरुद्ध प्रदर्शन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष बिज्ञानले देउवा सरकारले जनाताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरे कडा प्रतिरोध गर्ने बताए । बिज्ञानले देशमा जुन किसिम राजनितीक संकट छ यसको समग्र निकासनै बैज्ञानिक समाजवाद हो ,त्यसैले अब सबै युवा बिद्यार्थी असफल दलाल संसदीय व्यवस्था बिरुद्ध धावा बोल्न र जनतालाइ लुट्ने व्यवस्था विरुद्ध एक हुनु पर्ने बताए। अहिले सरकार र आयल निगमको मिलिमहतोमा जसरी पेट्रोलियमा पदार्थ मूल्य वृद्धि गरिएको छ । यो नै असफल व्यवस्था भित्रको एक षडयन्त्र हो त्यसैले बिदेशिको योजनामा निर्देशित सरकारले तत्काल महँगी नियन्त्रण नगरे कडा प्रतिरोध गर्ने क्षेत्रीले बताउनु भयो ।

कार्यक्रम सन्चालन जिल्ला सदस्य नम्रदा चौधरीले गर्नु भएको जिल्ला सदस्य करिश्मा भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?