ट्रेन्डीङ्ग

घरमै पुगेर विमा रकम हस्तान्तरण

अनिल नेपाली, ९ भदौ , अर्घाखाँची ,

अर्घाखाँचीकाे सन्धिखर्क ७ फुद्बांगमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

सन्धिखर्क ७ का श्याम क्षेत्रीकाे असामयिक निधन भएपछि विमा कम्पनीले ७ लाख ६८ हजार ९४ रुपैयाँकाे चेक घरमै लगेर श्रीमती राधा क्षेत्रीलाई हस्तान्तरण गरेको हाे ।

सन्धिखर्क ७ का वडा अध्यक्ष प्रितम बहादुर थापा र अभिकर्ता मधु क्षेत्री र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाँची प्रमुख मिना बस्यालले चेक रकम हस्तान्तरण गर्नु भएको हाे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी , वडा सदस्य रामलाल खनाल, कमला नेपाली , पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य , जिल्ला सहसचिव अनिल नेपाली लगायतको उपस्थिति रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal