ट्रेन्डीङ्ग

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद:धर्मेन्द्र बास्तोला

रमेश प्याकुरेल,८ भाद्र बाँके। विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला (कंचन)ले अहिलेको राजनीतिक संकटको निकास दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ ।

नेकपाको वाँके र वर्दिया जिल्लाको संयुक्त कार्यकताको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै नेता वास्तोलाले त्यसको लागि प्रगतिशील संयुक्त सरकार गठन गरि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसंग्रह गर्नु पर्ने वताउनु भयो ।

नेता वास्तोलाले आफ्नो पार्टीका महासचिव सहितको टिमले मुलुकका सवै संसदवादी पार्टीहरुका नेतृत्व संगको भेटघाटमा कसैले पनि वैज्ञानिक समाजवादको विरोध नगरेको र विकल्प पनि दिन नसकेको खुलासा गर्नु भयो ।

उहाँले भन्नु भयो “सवै पार्टीका नेताहरु संसदीय व्यवस्थावाट असन्तुष्ट छन् तर उनीहरु विकल्प दिन पनि नसक्ने अवस्थामा छन । ” उहाँले आफ्नो पार्टीेले वृहत कम्युनिष्ट एकताको अभियान संचालन गर्ने पनि वताउनु भयो । तर उहाँले भन्नु भयो वैज्ञानिक समाजवादको लागि प्रगतिशील संयुक्त सरकार गठन र जनमत संग्रहमा जाने सहमति गर्ने सवै कम्युनिष्ट संग एकता गर्ने घोषणा गर्नु भयो ।

नेता वास्तोलाले सवै जनताको सुरक्षीत आवास,निशुल्क स्वास्थ्य,शिक्षा,रोजगारको शुनिश्चितता भएको वैज्ञानिक समाजवाद आफ्ना पार्टीले खोजेको पनि वताउनु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हालै जेलवाट छुट्नु भएका नेता भरत वम (रणवीर), जय वहादुर वाँठा र आशिसलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो

सम्मानपछि नेता रणवीरले संक्षिप्त मन्तव्य राख्दै तत्कालीन सरकारले ४० वुदे सहमति पुरा नगर्दा जनयुद्ध गर्नु पर्यो, वर्तमान सरकारले ३ वुदे सहमति यदि पुरा नगरेमा कुनै अर्को क्रान्ति नहोला भन्न सकिदैन भन्नु भयो । उहाँले तीन वुदे सहमतिको प्रतिवन्ध फिर्ता लिने काम वाहेक अरु कुनै पनि सहमति सरकारले कार्यान्वय नगरेको दावी गर्नु भयो । उहाँले सरकार संग तीन वुदे सहमति यथाशिघ्र कार्यन्वय गर्न पनि माग गर्नु भयो ।

नेता वमले जेल भित्रको आफ्नो अनुभूति राख्दै पार्टीले कुनै पनि काम गर्दा एकरुपताका साथ गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले आफुले जेल वस्दा ३ ग कोभूमीकाअलि अलि भएपनि पुरा गरेको दोहोर्याउनु भयो ।

कार्यक्रममा वाँके र वर्दिया जिल्ला वाट सहभागी नगर तथा गाउँ कमिटिका इन्चार्जहरुले रिपोर्ट राख्दै पार्टीका केही नेताहरु आर्थिक काम वाहेक संगठनको काममा नलागेको वताएका थिए ।

जनतामा तीन वुदे सहमति ,वैज्ञानिक समाजवाद, वार्ता प्रक्रिया लगायतका विषमा अहिले पनि भ्रम पैदा भएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्ताहरु जनतामा फर्किनु पर्ने सुझाव दिएका थिए ।

गणेश चौधरीको संचालन ,अनिलको अध्यक्षमा संचालन भएको कार्यक्रममा वाँके वर्दिया जिल्ला इन्चार्ज दिपक,रुकुम पश्चिम जिल्ला इन्चार्ज विश्व,जाजरकोट सेक्रेटरी अनन्त,विशेष समिति सदस्य हिमशिखर लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal