ट्रेन्डीङ्ग

हास्य सिरियल देखि म्युजिक भिडियोसम्म सविना आचार्यको अभिनय ‘तिजको महिना छ'(हेरौ भिडियो)

सुमन ढकाल,काठमाण्डौ। हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ दर्शक माझ निकै चिर परिचित नै भैसकेको छ। यस्तै सिरियलको एक पर्दामा देखिने हास्य पाटोकि रुपमा चिनिन्छिन् कलाकार सविना आचार्य।

दर्शक स्रोतालाई हसाई हसाई नचाई रमाईलो छर्दै दर्शकलाइ उत्साह भरिरहेकि छन्। थुप्रै कलाकारको जमघट रहेको यो सिरिययलमा बल्छी धुर्वे मरिचमान श्रेष्ठ, राजु मास्टर अनिता बस्नेत मास्टरनी संगै थुप्रै कलाकारको मुख्य भुमिका रहेको छ। २ बर्ष देखि अघिवाटै सिरियलमा जम्दै गरेकी स्याङ्जाकि कलाकार सविना आचार्य म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

केही दिनमै रचना रिचालको आवाजमा आएको ‘तिजको महिना छ’ मा अभिनय गरेकी छन्। केही समय अगी ‘पारी वन हरियो’ बोलको गितले चर्चा पाएको थियो जसमा सविना आचार्यको भुमिका रहेको थियो। अहिले नयाँ तिज गितलाई डिपि खनालले शब्द भरेका हुन् भने नविन कार्कीको लय गरेका हुन् । जुन गितमा रचना रिमालको एकल आवाज सजिएको छ।भिडियोमा सविना आचार्य,रचना,अनिता ,रक्षाको अभिनय रहेको देख्न सकिन्छ। भिडियो निकै राम्रो बनेको दर्शक स्रोताले आकलन गरिरहेका छन।

यो मिठो म्युजिक भिडियोमा मिराज अर्यालको छायांकन/सम्पादन रहेको हो भने योगेन्द्र कार्कीको निर्देशन रहेको छ। भिडियो रचना रिमालको युटुव च्यानलवाट देशभर बजारमा आएको छ।गितलाइ अझै राम्रो होस् सफलताको शुभकामना।
पुरा भिडियो हेरौ:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?