भदौ ८ परासी । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी पश्चिम नवलपरासीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । बिरोध कार्यक्रम नवलपरासीको सालबास चोकमा सम्पन्न भएको हो।
आयल निगमले हिजो पेट्रोलियम पदार्थको मूल्य बढाए सँगै उक्त कार्यक्रम अखिल क्रान्तिकारीको केन्द्रिय कार्यक्रम अनुसार गरेको पश्चिम नवलपरासीका सचीव सन्देशले बताए । वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त फिर्ता लिनु पर्ने बेला बेला यसरी सरकारले गरीब निमुखा सर्वहारा वर्गको ढाड सेक्ने गरी बढाएको मूल्य वृद्धि तत्काल घटाउन हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
ॠषिले सञ्चालन गरेको उक्त कार्यक्रममा क्रान्तिकारीका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।