ट्रेन्डीङ्ग

पेट्रोलियम वृद्धिको विरुद्धमा डोटीमा अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

प्रकाश थापा,भदौ ८,डोटी ।                                      पेट्रोलियम वृद्धिको विरुद्धमा डोटीमा विप्लव निकट अखिल क्रान्तिकारीको विरोध प्रदर्शन गरेको छ । सो कार्यक्रम मंगलबार डोटीको सिलगढी मा सम्पन्न भएको छ ।

हिजो आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए सँगै उक्त कार्यक्रम अखिल क्रान्तिकारी को केन्द्रिय कार्यक्रम अनुसार आज गरेको हो ।                                                          उक्त प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) डोटीका संयोजक प्रकाश कठायतले बोल्दै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त फिर्ता लिनु पर्ने बताएका छन् । बेला बेला यसरी सरकारले गरीब निमुखा सर्वहारा वर्गको ढाड सेक्ने गरी बढाएको मूल्य वृद्धि न्यायोचित नरहेको बताउँदै यस विषयमा हाम्रो पार्टी संगठनको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । यो निर्णयलाई तुरन्त फिर्ता गरी जनताको हितका लागि काम गर्न सरकारलाई अपिल पनि गरेका छन ।यो समग्र समस्या यो दलाल संसदीय व्यवस्था रहेको बताउँदै यसको विकल्प हाम्रो पार्टी ले भनेको वैज्ञानिक समाजवाद रहेको उहाँको भनाई थियो ।

यो जनता को हित विपरित को मूल्य वृद्धि को निर्णय फिर्ता नलिए कडा संघर्स मा जाने चेतावनी समेत दिएका छन् । दिपक भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्लाका अरु सदस्य सहितको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?