ट्रेन्डीङ्ग

नेकपा भरतपुर १६ को राजनैनिक प्रशिक्षण सम्पन्न

भदौ ६ भरतपुर ।
नेपाल कम्युनिस्ट पार्टी चितवन अन्तर्गत भरतपुर महानगर १६ नम्बर वार्ड स्तरिय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा भरतपुर १६ स्थित सान्ती चोक निबासी होनहार युवा संसदीय व्यवस्थाको बिकल्प एकीकृत जनक्रान्ती बाहेक अरु हुन सक्दैन भन्ने निश्कर्ष सहित सन्जय पाख्रीनले पार्टी प्रवेस गर्दै अब दलाल सम्सदिय व्यवस्था जरै देखि उखेलेर फाल्न हजारौ युबाहरु गोलबन्द हुनुपर्ने बताए ।

कार्यक्रममा उपस्थितीलाई प्रशिक्षण दिदै प्रमुख अतिथी पौडेलले नबप्रबेसीलाई पार्टिमा स्वागत गर्दै एकीकृत जनक्रान्तीले आम नेपाली जनताको मुक्तिको यात्रा हो यसमा सम्पुर्ण नेपाली जनता लामबद्द हुनुको अर्को बिकल्प नभएकोले उपस्थित सम्पुर्णलाई जनक्रान्तिमा लामबद्द हुन अनुरोध गर्नु भयो।

भने उक्त कार्यक्रममा विशेष सेक्रेटरी महेसले भरतपुर १६ विगत देखिनै कम्युनिस्टहरुको उर्बर भुमी भएको र १० बर्ष जनयुद्धको क्रममा पनि करिब २ दर्जन युबाहरुले मुक्ती युद्धमा आफ्नो जीवन उत्सर्ग गर्नु भएको थलो भएकोले यो भुमी र वार्ड को विशेष ईतिहास रहेको हुदा यहा रहेका सम्पुर्ण वार्ड बासी लाई कम्युनिस्ट बन्न र बनिरहन अनुरोध गर्नु भयो।

कार्यक्रम को अन्त्यमा 16 नम्बरमा रहेका करिब १५० जना बिपन्न बिधार्थीहरुलाइ कापी कलम बितरन गर्न स्थानिय नेता रत्न रुम्बा र टेक बि कलाई पार्टिले कापी कलम हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको थियो।

कार्यक्रममा ने क पा चितवन जिल्ला सदस्य पुरन राइको अध्यक्षतामा भएको थियो। कार्यक्रममा ने क पा केन्द्रिय सदस्य एबम चितवन जिल्ला इन्चार्ज सन्देस पौडेलको प्रमुख अतिथ्यता सङ्गै ने क पा विशेष कमिटी सेक्रेटरी महेस चौधरी र जिल्ला सदस्य रघुबिर शर्मा लगायत स्थानीय नेताकार्यकर्ताको उपस्थिती रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?