

अमर पन्त ,भदौ ६, रुपन्देही ।
नेकपा(एमाले)राष्ट्रिय युवा संघ तिलोत्तमा नगरपालिका वडा नम्बर ४ र १६ को वडा भेलाले १७ र २७ सदस्यीय वडा कमिटी गठन गरेको छ।
नव गठित वडा नम्बर ४ कमिटीको अध्यक्षमा एम बहादुर सिन्जालि र वडा नम्बर १६ मा संजय नेपाल रहनुभएको छ।
पार्टीले गरेका सकारात्मक कामलाई जनतामा लैजान र पार्टी विरोधी गतिविधि र भ्रमलाई चिर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए ।
संघका तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा सुवास खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो। संघका जिल्ला सचिवालय सदस्य शंकर पाण्डेले सुभकामना मन्तव्य राख्दै पार्टी नेतृत्वविरुद्ध गरिएको घेराबन्दी सफल नहुने भन्दै यसका विरुद्ध सम्पूर्ण युवा जगत एकढिक्का भइ सामना गर्ने बताए।
भेलामा राष्टिय युवा संघ नेपालका केन्दिय सचिवालय सदस्य दिपक ज्ञवालि,केन्द्रिय सदस्य युवराज पराजुलि ,जितेन्द्र जिसि ,ईश्वर लागायतले बोलेका थिए।