ट्रेन्डीङ्ग

नेकपा बारबर्दिया वडा नं ३ वडा कमिटी बिस्तार

रमेश प्याकुरेल, बर्दिया ,६ भाद्र।                                 नेपाल कम्युनिस्ट पार्टी बर्दियाको बारबर्दिया नगर पालिका ३ को वडा कमिटीको प्रथम भेला तथा जनसेवा संङ्गठन विस्तार अभियान , बारबर्दियाको वडा कमिटी शुक्रबार सम्पन्न भएको थियो ।

प्रमुख अतिथि बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशीले सम्बोधन गरेका थिए । उनले घरघरमा नेकपा, टोलटोलमा कमिटी भन्ने उद्देश्यका साथ जनसेवा तथा संङ्गठन बिस्तारमा लाग्न्न नगर कमिटीलाई निर्देशन दिए ।

नगर सेक्रेटरी रमेश बहादुर बिक बिजय , अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ बारबर्दियाका अगुवा नर बहादुर छिनाल ,थारू मुक्ति मोर्चाका नेता बाबुलाल थारू उपस्थिति रहेको थियो ।

नेकपा कम्युनिस्ट पार्टी बारबर्दियाको वडा ३ का कमिटी अध्यक्ष मीन बहादुर बिकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ ।नेकपा बर्दिया जनसेवा तथा संङ्गठन बिस्तार अभियानमा तिब्ररुपमा लागेको बताईएको छ। कार्यक्रमको अध्यक्षता तथा संचालक वडा कमिटी अध्यक्ष मीन बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal