ट्रेन्डीङ्ग

कञ्चनपुरको भीमदत्त नगरमा युवा संगठनको भेला सम्पन्न

गणेश एसके,भदौ ५, कञ्चनपुर।                                  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगरमा भेलाबाट दीपेन्द्र ऐरी को अध्यक्षतामा युवा संगठन नेपाल को २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा पार्टीका सचिब जीवन ले पार्टीको नीति एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न युवा संगठनको भूमिका बारे प्रष्ट पार्नु भयो । थप्दै उहाँले युवा संगठन भनेको पार्टीको महत्व पूर्ण मोर्चा भएको बताउँदै आफ्नो भूमिका इमान्दारी र जिम्मेवार पूर्वक निर्वाह गर्न निर्देशन पनि गर्नु भएको थियो । दलाल संसदीय व्यवस्था अन्त्य गर्न वैज्ञानिक समाजवादी जनमत तयार गर्नु अहिले अपरिहार्यता भएकोे बताएका छन ।

सो कार्यक्रममा अथितिहरुमा युवा संगठन केन्द्रीय सदस्य भुवन कुवर, संगठनका सेति महाकालि व्युरो कार्यलय सचिव मनमोहन ,संगठन जिल्ला अध्यक्ष बिरेन्द्र जोसि, अखिल क्रान्तिकारी के स तथा अन्तर्राष्ट्रिय बिभाग सदस्य संकर महारा लगायत नेताहरुको उपस्थितमा नगर भेला सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal