ट्रेन्डीङ्ग

इलामको माईनगर भेला सम्पन्न,सहिदको सपना मर्न नदिने उद्घोष

प्रविण विद्रोही,इलाम ५ भदौ । नेपाल कम्युनिस्ट पार्टी इलामको माइ नगरपालिकाको नगर भेला सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारी इलामका जिल्ला संयोजक विनोद मगरले सञ्चालन गरेको उक्त कार्यक्रमकाे अध्यक्षता माइ नगर कमिटीका इन्चार्ज नवराजले गरेका थिए । उक्त भेलामा प्रमुख अतिथिका रूपमा पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य सुमनसिंकाे प्रमुख आतिथ्यता रहेको थियोे भने अतिथिमा पार्टीका जिल्ला कार्यालय सदस्य अविनाश रहेका थिए ।

भेलामा सहभागी कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदै इन्चार्ज सिंहले हामिले कम्युनिस्ट बनेर मात्र समाजलाई रुपान्तरण गर्न सकिने भएकाले आजको युवापुस्ता कम्युनिस्ट बन्नु पर्ने बताए । पार्टिले जनमतसंग्रहको प्रस्ताव अगाडि सारेको र यो विधि जनतालाई शान्तिपुर्ण निकास दिने बिधि भएकाले जनमतसंग्रहमा संसदवादिहरु तयार हुनु पर्ने अन्यथा जनताले बिद्रोह गर्ने बताएका छन । आफुहरु बलिदानको निम्ति तयार भएरै हिंडेको हुनाले जनताको सपनामा कहिलै तुसारापात हुन नदिने इन्चार्ज सिंहले बताए ।

आज भएको भेलाले १९ सदस्यिय नगर समिती समेत गठन गरेको छ । त्यस्तै बिद्यार्थी र युवाको पनि सम्मेलन आयोजक समिती तोक्दै सम्मेलनको मिति समेत ठोस गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal