ट्रेन्डीङ्ग

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा देवचुलीमा दीप प्रज्वलन

माधव सुवेदी, देवचुली, भदौ ५
चीनको वुहान शहरमा कोरोना भाइरसका कारण विश्वभर आक्रान्त मच्याएको छ । सोहि भाइरसका कारण धेरै जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ ।

अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धामधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनाममा देवचुली नगरपालिका वडा नं १६ रजहरमा दीप प्रज्वलन गरिएको छ । कालिका युवा क्लव र कालिका बाल क्लवको संयूक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा पत्रकार तथा सर्वसाधारण , समाजसेवी लगाएतको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बालबालिका तथा युवा क्लवका व्यक्तीहरु ले कोरोना बाट हुनसक्ने क्षेती, कसरी बच्ने , को भिड लाको व्यक्तीलाई नकरात्मक सोचले नहेर्ने, जस्ता विविध विषयबस्तु हरु सडक नाटक बाट समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विशेष अतिथी रहनुभएका नयाँबजार टोल विकास समुहका अध्यक्ष नारायण पंगेनीले सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताए ।

कालिका युवा क्लबका अध्यक्ष गणेश अधिकारीले माहामारी वा विपत्ति जुनसुकै राष्ट्रलाई पनि पर्नसक्ने हुँदा यो समस्या चीनको मात्र नभएर सम्पूर्ण मानवजगतको भएको धारणा राखे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?