ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक सामग्री वितरण

गणेश एसके ,भदौ ३,कञ्चनपुर।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा मुक्त हलिया बस्तीमा बालबालिका हरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला संयोजक ललित एसके ले सो कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो संगठन पूर्ण रूपमा समाज,परिवेश देश र सिंगो यो राज्य व्यवस्था नै बदल्न लाई आफूहरु जनता माझ विभिन्न रचनात्मक कार्य हरू मार्फत वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माण गर्न लागि परेको प्रस्ट्याएका छन् । यो दलाल पूँजीवादी व्यवस्थाको शिक्षा प्रणाली ले हाम्रो समाजमा दिन प्रति दिन युवाहरु लाई विदेश पलायन गराउने, बेरोजगार बनाउने तर्फ लगेको बताउँदै यसको विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा हुने बताएका छन ।

विगतदेखिनै गरीब,निमुखा,पीडित ,अपांग आम सर्वहारा वर्गको हितमा काम गर्दै आएको हाम्रो संगठन अझै पनि तपाईंहरूका समस्या समाधान को लागि र यो दलाल संसदीय व्यवस्था को विकल्प खोज्नुको लागि सधैं सहकार्य र समुन्यव गर्ने बताएका छन । आम जनतालाई आफ्नो आफ्नो ठाउँबाट जागृत हुन अपिल पनि गरेका छन ।

जिल्ला सचिव भरत विकले सञ्चलान गरेको सो कार्यक्रममा अतिथिमा पार्टीका भीमदत्त नगर सचिव दीपेन्द्र ऐरी लगायत जिल्लाका नेताकार्यकर्ता र त्यहाँका स्थानीयको उत्साह पूर्ण सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?