ट्रेन्डीङ्ग

बर्दघाट प्राविधिक संस्थाद्वारा नि:शुल्क पशु स्वास्थ्य शिविर

भदौ ५ बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा नि:शुल्क पशु स्वास्थ्य शिविर सप्पन्न भएको छ ।बर्दघाट प्राविधिक सस्थाको आयोजनामा कृषक भेटनरी सेन्टर बर्दघाटको सहयोगमा शिविर बर्दघाट -११ भगजोगनीमा सप्पन्न भएको हो ।
प्रमुख अतिथि वर्दघाट -११का वडा अध्यक्ष तिर्थराज फौजदारले हामी किसान हो तर पशुपालन गछौ।पशुपालन हचुवाको तालमा गर्छौ कुनै ज्ञान नहुदा हामि किसानलाई समस्या परेको बताउनु भयो ।
संस्थाका अध्यक्ष देवेन्द्र घिमिरेले पशुपालनमा प्राविधिक ज्ञान नहुदा स्थानीयलाई समस्या भएको बताउदै भन्नू भयो पशु रोगका लक्षण थाहा नहुदा उपचार नहुदै मृत्यु हुने र अन्य पशुपक्षीमा रोग सर्न हुदा समयमानै परिक्षण गरि उपचार गर्नु पर्ने बताए।
पशु चिकित्सक पदम टन्डनले प्राविधिक ज्ञान पशुको रोगका लक्षण ,उपचारको प्रक्रियाको सहजीकरण एवं परामर्श दिनु भएको थियो।
पशु स्वास्थ्य शिविरमा गाईभैंसी, बाख्राको स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार भिटामिन,खोप (भ्याक्सिन )नि:शुल्क उपलब्ध गरिएको थियो ।
प्राविधिक संस्थाका अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा-११ का वडा अध्यक्ष तिर्थराज फौजदार हुनुहुन्थ्यो। कार्यक्रममा साना किसानका अध्यक्ष नन्दलाल चौधरी, गौडहवा टोल बिकासका अध्यक्ष टोप नारायण चौधरी,जनता आधारभूत बिधालयका व्यवस्थापन समितिका अध्यक्ष बेचन ठाकुर,पशु चिकित्सक डा. पदम टन्डन,लगायत स्थानीयहरु उपस्थित रहेको कार्यक्रमको संचालन अम्बिका अधिकारीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?