ट्रेन्डीङ्ग

तुईन प्रकरण र राष्ट्रियताको सवालमा नेकपा दार्चुलाको अन्तरक्रिया सम्पन्न

भदौ २ दार्चुला ।                                                राष्ट्रियताको सवाल र केही दिन अगाडि दार्चुला जिल्लामा भएको तुईन घटना प्रकरणको विषयमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दार्चुलाले सदरमुकाम खलंगामा विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि ओम प्रकाश पुनले आफ्नो पार्टी राष्ट्रियताको सवालमा दृढ़ रहेको र जय सिंह धामीको न्यायको लागि जस्तोसुकै संघर्षगर्न तयार रहेको कुरा बताएका थिए । यो दलाल संसदीय व्यवस्थाको असफलताका कारण पटक पटक देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता,सार्वभौमसत्ता ओझेलमा परेको बताउँदै सो घटनाको उपज यो दलाल पूँजीवादी व्यवस्था भएको ठहर गरेका छन। यी र यस्तै तमाम समस्याहरूको दीर्घायु निकास हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद ले दिने पनि उहाँले बताउनु भयो । उहाँले आफ्नो पार्टीको आधिकारिक धारणा सहित सम्पूर्ण राजनीति दल र विभिन्न संघसंस्थाका सहभागी प्रतिनिधिहरुलाई राष्ट्रियता ,आत्मसम्मान र स्वाभिमानका सवालमा एकजुट अगाडि बढन अपिल समेत गरेका छ्न नेकपा केन्द्रीय सदस्य डबल शाहले तुईन घटना र राष्ट्रियताको सवाल विषयक अन्तरक्रियाको औचित्य बारे प्रष्ट पारेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले)का जिल्ला नेता नरसिंह चैसिर ,साझा विवेकशील पार्टीका जिल्ला नेता चक्र बम ,उधोग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुन्ना ,पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्ण सिंह धामी,दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण सिंह साउद,पुराना वामपन्थी नेता प्रभातले तुईन घटना र राष्ट्रियता बारे सबैले आ-आफ्ना धारणा राख्नु भएको थियो।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी दार्चुलाका पार्टी सचिव भरत मल्लको अध्यक्षतामा र सोही पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनको प्रमुख आतिथ्य भएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य डबल शाह,कंचनपुरका पार्टी सचिव रमेश परियार , डडेल्धुराका पार्टी सचिव विजय,महिला सङ्गठन कि नेतृ पुर्णिामा धामी, विद्यार्थी नेता विरेन्द्र शाह,समाजवादी मंचका केन्द्रीय सदस्य दमन नेपाली,महिला नेता पार्वती सिंह लगायत जिल्ला स्तरका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal