ट्रेन्डीङ्ग

मतदाता नामावली संकलन गर्न जनमत पार्टी रुपन्देहिको माग

उर्मिला यादव ,भदौ १,रुपन्देही। जनमत पार्टी रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेको छ ।

जनमत पार्टीले जिल्लाका सम्पूर्ण स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र तोक्न माग गरेको हो ।मगलबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाउँदै पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावलीमा दर्ता गरी परिचयपत्र वितरण कार्य यथाशिघ्र सुरु गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बोधार्थ पठाइएको ज्ञापनपत्रमा नामावली संकलन कार्यमा जिल्ला प्रशासनबाट आवश्यक शान्ति सुरक्षा उपलब्ध गराइदिन अनुरोध गरेको छ।

‘कोही नछुटोस्,कहीं नछुटोस् भन्ने अभिप्रायले जनताले स्वतन्त्र र निष्पक्ष रुपमा मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सकियोस् भन्ने हाम्रो मनसाय रहेको छ, ’ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाएपछि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीबाट यसबारे सकारात्मक प्रतिक्रिया आएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताउनु भयो ।

‘जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनमत पार्टीले उठाएको माग समेटिएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउनुभएको छ, कतिपय युवाहरु विदेशबाट फर्केको अवस्थामा मतदाता परिचयपत्र बाट वञ्चित भएकाले उहाँहरुलाई नामावलीमा समावेश गर्न जिल्लाका सम्पूर्ण स्थानीयतहबाट मतदाता नामावली संकलन गर्नुपर्ने उहाले बताउनु भएको छ ।

कोभिड -१९ को कारण विदेशबाट फर्केर आएका तथा स्वदेशमा रहेका ठूलो संख्यामा युवा पिढींको मतदाता सूचीमा नाम नहुँदा निर्वाचनमा भाग लिनबाट बन्चित हुन सक्ने अवस्था रहेकोले यहि भाद्र १५ गते देखिनै मतदाता सूची संकलन कार्य सुचारु गर्न कोभिड-१९ र निशेधाज्ञाको मापदण्ड पूरा गरि रुपन्देही जिल्लाको १६ वटै स्थानीय तहको उपयुक्त स्थानहरूमा एकहप्ताको अवधीसम्म अस्थायी मतदाता सूची संकलन केन्द्र तोकी मतदाता सूचीमा नाम दर्ता गर्नका लागि जोडदार माग गरिएको जनमत पार्टीका केन्द्रीय सचिव यादवले बताउनु भयो । कार्यक्रममा जनमत पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष रामविष्णु सिंह लोध,उपाध्यक्ष शम्भु प्रसाद यादव ,सचिव कृष्ण कोहार,सह-सचिव राघवेन्द्र पटेल,परदेसी केवट,धर्मेन्द्र गुप्ता ,कोषाध्यक्ष चन्द्रभूषण वर्मा लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।पत्र:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal