ट्रेन्डीङ्ग

प्रहरीद्वारा आठ लाख ५६ हजारलाई मास्क वितरण

भदौ १ काठमाडौ ।
नेपाल प्रहरीले पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाख बढी मास्क वितरण गरेको छ ।

मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो । त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क निःशुल्करुपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ । ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियान कै रुपमा सञ्चालन गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ४२० जनालाई रु ४५ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पाँच हजार ११९ लाई सचेत गराइएको,देशभर सञ्चालित माइकिङ, प्लेकार्ड,पर्चापम्प्लेट सहितको १६६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत २४ हजारलाई प्रशिक्षित गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal