ट्रेन्डीङ्ग

सुनवलमा औधोगिक ग्राम बन्दै:शिशु स्याहार केन्द्र देखि हेल्थ डेस्कसम्मको व्यवस्था हुने

परासी, १ भदौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकाले घरेलु तथा लघु-उद्यमहरुलाई व्यवस्थित गर्न औद्योगिक ग्राम बनाउन थालेको छ ।

नगरपालिकाले नगरभित्र छरिएर रहेको अव्यस्थित घरेलु तथा लघु उद्यमलाई एक ठाउँमा राखी व्यवस्थित गर्न उक्त औद्योगिक ग्रामको अवधारणा लिई अगाडी बढेको छ ।

सुनवल नगरपालिका वडा ४ स्थित ११.५ विगाहा क्षेत्रफलमा उक्त औद्योग ग्राम निर्माणका लागि कुल २६ करोड रुपैयाको डिपिआर भई निर्माण कार्य अगाडी बढाइएको छ ।

गतबर्ष संघिय सरकारबाट प्राप्त ९२ लाख रुपैयामा औद्योगि ग्रामसम्म पुग्न बाटो निर्माण गरिएको छ भने औद्योगि ग्रामलाई व्यस्थित गर्न जग्गा सम्याउने र केहि भागमा बाण्डरीवाल लगाइएको सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिनु भयो ।

बहुबर्षिय गौरवको आयोजनाको रुपमा रहेको उक्त औद्योगिक ग्रामको विकासका लागि यसबर्ष नगरपालिकाले ५० लाख, लुम्बिनी प्रदेशको उद्योग मन्त्रालयले २५ लाख र संघिय सरकारबाट ९२ लाख रुपैया गरि कुल १ करोड ६७ लाख रुपैया बजेट बिनियोजन गरिएको छ । उक्त बिनियोजित बजेटले औद्योगिक ग्रामको चारैतिरबाट बाण्डरीवाल सम्पन्न गरिने छ भने भित्रपट्टी बाटो बनाईने, विद्युत,खानेपानी,शौचालय, र नदीछेउमा तटबन्ध निर्माण समेतका कार्यहरु यसैबर्ष गरिने नगर प्रमुख थापाले बताउनु भयो ।

यस औद्योगिक ग्रामले नगरभित्र छरिएर रहेको अव्यस्थित लघु तथा घरेलु उद्यमहरुलाई व्यस्थित गर्ने छ भने विदेशबाट फर्केका युवाहरु जग्गा अभावले घरेलु तथा लघु उद्यम गर्न असर्थ रहेकालाई जग्गा उपलब्ध हुने, युवा स्वरोजगार बढने र स्थानिय स्तरमा विभिन्न बस्तुहरुको उत्पादन बढी बजार तथा व्यवसाय समेत फस्टाउने नगर प्रमुख थापाले विश्वास व्यक्त गर्नु भयो ।

यो योजना नगरको गौरवको योजना रहेको छ ।निर्माणाधिन औद्योगिक ग्राममा भित्र अझै बाटोघाटोको बनाउनु पर्ने छ भने ग्रामको कार्यालय भवन, सुरक्षागार्ड भवन, विद्युत,खानेपानी,शौचालय, गेट,बृक्षारोपण र मालसमानका लागि स्टोरहरु निर्माण गर्नुपर्ने कार्य बाकी रहेको सुनवल नगरपालिकाको शहरी पुर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर सन्तोष कुमार गैरेले जानकारी दिनु भयो ।

यि संरचनाहरु निर्माण भएपछि नगरभित्र अव्यस्थित रहेका सबै लघु उद्यम तथा घरेलु उद्यमहरुलाई उक्त औद्योगिक ग्राम भित्र व्यस्थित गराईने छ । उद्यमहरु संचालन हुँदा आर्थिक कारोबारका लागि ग्राम भित्रै स–साना बैंकहरु पनि राखिने छ भने उद्यमहरुमा काम गर्दा कुनै समस्या आएमा तत्काल प्राथमिक उपचार सेवा दिन हेल्थ डेस्पकको पनि स्थापना गरिने ईन्जिनियर गैरेल जानकारी दिनु भयो ।

त्यति मात्र होईन ग्राम भित्रै महिला कामदारहरुको बालबच्चाहरुको स्याहारका लागि शिशु स्याहार केन्द्र पनि बनाईने छ ।उद्यमहरुबाट उत्पादिन बस्तुहरुको प्रदर्शनका लागि ईक्जाहिबिशन सेन्टर पनि ग्राम भित्रै निर्माण गरिने डिपिआर भएको छ । यस सुविधा युक्त उक्त औद्योगिक ग्रामबाट घरेलु तथा लघु उद्यमीहरु भरपुर फाईदा लिनुका साथै आफनो उत्पादनमा बृद्धि र बजारीकरण गर्न निकै सहज हुने नगरपालिकाले विश्वास लिएको नगर प्रमुख थापाले बताउनु भयो । यो औद्योगि ग्राम बनेपछि प्रदुषणहरु पनि नियन्त्रणमा आउने र वातावरण पनि स्वच्छ हुने पालिकाको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?