ट्रेन्डीङ्ग

एप्समार्फत भुक्तानी गर्न सकिने, नागरिकलाई सहज

तोलाकान्त बगाले,वालिङ, ३२ साउन ।

वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महशुल बुझाउन पाउने भएपछि सहज हुने भएको छ । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै आईतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।

नगरपालिकाले बुटवल पावर कम्पनी तथा वालिङ साना शहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाईल एप्स, खल्ती र कनेक्टिङ आईपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने भएको ईञ्जिनियर अर्यालले बताउनुभयो ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले विभिन्न एप्सहरुको प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नगरपालिकाको राजश्व तथा विद्युत र खानेपानी कार्यालयको महशुल भुक्तानी गर्न पाउने भएका नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“घरमै बसेर पनि नगरपालिकाको एप्स तथा अन्य एप्सहरुको प्रयोगमार्फत भुक्तानी गर्न अव कार्यालयसम्म जानुपर्ने छैन” प्रमुख खाँणले भन्नुभयो, “कार्यालयसम्म जान नपर्ने भएपछि समयको वचत हुनुकासाथै विशेष गरी अहिलेको कोभिड १९ को महामारीका समयमा भीडभाड पनि कम हुने छ ।”

नगरपालिकाले भुक्तानीका लागि विभिन्न आधिकारिक कम्पनीहरुसँग सम्झौता गरेर अगाडि बढिसकेको प्रमुख खाँणले बताउनुभयो । घरमै बसेर पनि राजश्व भुक्तानी गर्न सकिने प्रविधि सञ्चालन गरिसकेको नगरपालिकाले आईतबार विद्युत र खानेपानीको भुक्तानी पनि एप्समार्फत गर्न सकिने बनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal