ट्रेन्डीङ्ग

शिकारी भएर आउनुहोस् साथी

तिखारिएर आउनुहोस् साथी
लुकेर कहिल्ये नबस्नुहोस् है
शिकारी भएर आउनुहोस् साथी
भिखारी भएर कहिल्ये नबस्नुहोस् है !

तम्तयारी भएर आउनुहोस् साथी
झुकेर कहिल्ये नबस्नुहोस् है
आत्मा निर्भर भएर आउनुहोस् साथी
फुटेर कहिल्ये नबस्नुहोस् है ।।

मित्रता भएर आउनुहोस् साथी
स्वतन्त्रताको भाव पोखी दिनुहोस है
मानव भएर आउनुहोस् साथी
सबैलाई सम्मान गरिदिनुहोस है।।

समाजवादी भएर आउनुहोस् साथी
दलालवादीहरुलाई हटाइदिनुहोस् है
जनतालाई छिटै बुझाइदिनुहोस् साथी
दलालवादी व्यवस्था हटाई दिनुहोस है ।।

पाहिला पाहिला चाल्दै आउनुहोस् साथी
एकजुट एकमुष्ट भएर अघि बढ्नुहोस् है
शिकारी भएर जहिल्ये आउनुहोस् साथी
भिखारी भएर कहिल्ये नबस्नुहोस है ।।
जानकी खत्री उदयपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal