ट्रेन्डीङ्ग

चिया किसानमाथि बिचाैलियाकाे शाेषण,नेकपा इलामले दियो चेतावनी

इलाम,३२ साउन।                                                   इलामको सुर्योदय नगरपालिकामा रहेका किसानहरुको चिया उत्पादनको मुल्यमा ठूलो शोषण भएपछी विप्लव नेतृत्वको नेकपा इलामले किसानको पक्षमा बिज्ञप्ति सार्वजानिक गर्दै खेद र निन्दा प्रकट गरेको छ ।

किसानहरुको चियाको मूल्य यतिबेला रु.२० बनाइएको छ ।यसले किसानहरु धेरै ठूलो मारमा परेका छन ।नगरपालिकाले कार्यबिधी नै बनाएर उत्पादित चिया बाहिर बेच्न नपाउने भनेर त्यंहिका बिचौलिया ब्यापारिहरुलाई पोस्ने नीति बनाए पछि यतिबेला बिचौलियाले मनपरी दाम तोकेका छन ।

सुर्योदय नगरपालिकाले “चिया कार्यविधि -०७५” जारी गरी न्युनतम मूल्य रु.४० दिने भनेर भनिएपनी अहिले त्यो नभएको स्थानिय किसानले बताएका छन । कार्यबिधी जारी गर्ने नगरपालिका किसानलाई यस्तो समस्या परेको बेला मौन बसेको छ । किसानहरु भन्छन् “नगरपालिकाले बिचौलियाको हितमा नै काम गर्यो । यस्तै हुने हो भने चिया नस्ट गर्नुको बिकल्प नै छैन।”

उत्पादित चिया बाहिर बेच्न पाउनु पर्ने,कार्यबिधी मिच्नेहरुलाई कामकारबाही गर्नु पर्ने,कार्यबिधी अनुसारकै भएपनि मूल्य प्रदान गर्नु पर्ने लगायतका मागहरू किसानका रहेका छन। यसै बिच आज नेकपा इलामका सेक्रेटरि मौसमले बिज्ञप्ति जारी गर्दै किसानहरुको माग पूरा नगरे प्रतिरोध संघर्षको चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ,-“इलाम जिल्लामा चिया उत्पादन हुने मुख्य क्षेत्र सुर्योदय नगरपालिका हो । त्यंहा स्थित चिया किसानको उत्पादनको मूल्य माथी भइरहेको चरम शोषण प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

सुर्योदय नगरपालिकाले “चिया कार्यबिधी-०७५” जारी गरि किसानले स्वतन्त्र रुपमा चिया बाहिर बेच्न नपाउने,चियाको मूल्य प्रती केजि रु. ४० अनिवार्य दिने जस्ता बजार एकाधिकार र सिण्डिकेट लाद्न पुग्यो । यसको मारमा किसानहरु त छंदै थिए , यतिबेला त्यंहाका बिचौलिया ब्यापारीहरु कार्यबिधीलाई समेत धोती लगाएर किसानको चिया प्रती केजि रु. २० तोक्दै किसान माथी घोर अन्याय गरिरहेका छन । श्रम ,पसिनाले जिविकोपार्जन गर्ने किसानहरु माथिको यसप्रकारको रवैया खेदजनक र निन्दनिय रहेको छ ।

अत:किसानलाई सिजन अनुसारको दाम दिन
,कार्यविधिले तोके अनुसारको दाम प्रती केजि रु. ४० लाई अनिवार्य गर्न,एकाधिकार बजारको अन्त्य गरि स्वतन्त्र प्रतिस्पर्धामा चिया बाहिर बेच्न पाउने किसानको माग पूरा गर्न सबंधित सुर्योदय नगरपालिका र सरोकारवाला सबैलाई अनुरोध गर्दछौं ।

बिचौलिया व्यापारी पोस्ने र उनिहरुको सुरक्षा मात्र गरेर किसानमाथी गरिने अन्याय तुरुन्त नसच्याएर जारी राखे किसानहरुले प्रतिरोध संघर्ष गर्ने विषय यसै बिग्यप्ती मार्फत जानकारी गरांउदछौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?