ट्रेन्डीङ्ग

पर्वत-रुपन्देही सेवा समाजको एघारौं पुर्ण बैठक बुटवलमा

साउन ३२,बुटवल।पर्बत -रुपन्देही सेवा समाजको एघारौं पुर्ण बैठक  बुटवलमा सप्पन्न भएको छ । समाजका अध्यक्ष श्री रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्बत रुपन्देही सेवा समाजका सल्लाहकार श्री बेल प्रसाद शर्माको आतिथ्यता रहेको थियो ।

स्थानीय पालिकाको अधिवेशन अागामी मंसिर मसान्तसम्म गर्ने प्रत्येक पालिका मार्फत तत्काल सदस्यता नविकरण तथा वितरण गर्ने । साधारण सदस्यता शुल्क रु ५००/ कायम गरिएको छ ।, संस्थाको अा ब २०७७/७८ को हिसाबकिताब फरफारक तथा अनुमोदन गर्ने गराउने । लेखापरीक्षण गराउने तथा संस्थाको नविकरण गर्ने ,त्यसको जिम्मेवारी सचिव श्री सागर बस्याल र कोषाध्यक्ष श्री टेकराज शर्मालाई दिने निर्णय गरेको छ ।, क्यालेन्डर बिज्ञापन रकम उठन बाँकी रहेकोले तत्काल पहल गर्ने र भुक्तानी गर्ने ,निष्क्रिय पालिकाहरुमा पदाधिकारी तथा सचिवालय सदस्य खटाउने ,शान्ति बाटिकाको लागि तत्काल डिपीअार तयार गर्ने र अरु प्रक्रिया तत्कालै शुरुआत गर्ने ,डायरि प्रकाशन प्रक्रियालाई तत्काल अगाडि बढाउने र समयमै सम्पन्न गर्ने जस्ता निर्णय भएको सस्थाका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनु भयो ।

स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष श्री लेखनाथ भट्टराई ले गर्नु भएको थियो भने कार्यक्रम   संचालन महासचिव श्री मिना न्यौपानेले गर्नुभएको  थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?