ट्रेन्डीङ्ग

मजदुर एकता समाज मलेसियाकाे अध्यक्षमा अर्जुन सिंह चयन

प्रकाश भुषाल,३१ साउन ।नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलाे अधिबेशन सम्पन्न भएकाे छ। आईतबार मलेसिया समय अनुसार दिउसाे १२ बजेदेखि नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमकाे अध्यक्षता नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्किकाे प्रमुख आतिथ्यता, नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम माेति श्रीसकाे बिशिस्ट आतिथ्यतामा भर्चुअल माध्यमबाट अधिबेशन सम्पन्न भएकाे हाे ।

अधिबेशनले अर्जुन सिंह अनुरागिकाे अध्यक्षतामा नयाँ समिती चयन भएकाे छ भने उमेद्वारी नपरेका केही पद बाकि रहेकाे र बाकि रहेका पदमा नया समितिले चयन गरेर जाने गरि तयारी गरिएकाे छ। निर्वाचन समिति संयाेजक तिलाेचन गाैतमले घाेषणा गरेकाे समितीकाे,उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंग बहादुर मुक्तान,सचीवमा लाल बहादुर ओली, कोषअध्यक्षमा विशाल श्रेष्ठ,सह-कोसाध्यक्षमा प्रेम बिस्ट अन्जान,सञ्चार बिभाग प्रमुखमा भिम लुहार रहनुभएकाे छ। त्यस्तै सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास रहनु भएकाे छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्कीले बिश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति अावश्यक परे सबैसंग सहकार्य गरेर कटिबद्ध भई लागि पर्न अनुराेध गर्नुभयाे । बिशिष्ट अतिथिको अासनबाट बाेल्दै नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम माेति श्रीसले पछिल्लो समयमा मलेसियामा अत्यधिक काेराेना महामारी बढिरहेको र हालसम्म १०० जना बढि नेपालीले ज्यान गुमाएको दुखत खबर सुनाउदै यसबाट बच्ने उचित उपाय भ्याक्सिननै भएकाे हुदा सबैलाई खाेप लिन र सरकारले जारी गरेकाे SOP अनिवार्य पालना गर्न अनुराेध गर्नुभयो साथै श्रमिकको समस्या समाधानमा दुताबासका तर्फबाट हुने सहयाेग सदैब हुने र सहकार्य गरेर अगाडि बढ्ने कुरामा जाेड दिनुभयाे ।

नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान बरिस्ठ उपाध्यक्ष अर्जुन सींह अनुरागीकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा बाेल्दै एन आर एन जोहोर मलेसिया अध्यक्ष हरि बहादुर बस्नेत, श्रमिक अगुवा रमेश मल्ल सन्दिप खड्का गैर अावसिय नेपाली संघ एन ए आर एन मलेसियाका महासचिव रन्जित कुमार क्षेत्रि,सुदुर पश्चिमेली नेपाली समाज, मलेसियाका अध्यक्ष तुलाराम धामी,सुदुर पश्चिमेली नेपाली समाज जाेहाेरका अध्यक्ष तिलक चन्द ठकुरी,नेपाली मजदुर एकता समाज केन्द्रिय समिति सदस्य तथा भारत समिति अध्यक्ष भरत पाैडेल नेपाली मजदुर एकता समाज काेरिया संयाेजक निकेश आले,ब्राजिल संयाेजक तथा संचार बिभाग प्रमुख लेखा राना प्रिया, पत्रकार तिलाेचन गाैतम, भिम लुहार नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लगायतका बक्ताहरु श्रमिकको समस्या समाधानमा सदैव अगाडि बढ्न र जुनसुकै बेला आफुहरु समेत सहकार्य गर्न तयार रहेकाे जानकारी दिनुभयाे ।

यसैबीच अध्यक्ष पदमा चयन हुनुभएको अर्जुन सिंह अनुरागीले सबैको साथ सहयोग रहन गएमा मलेसियाका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर मलेसियामा दु:खमा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने प्रकिवद्धता ब्यक्त गर्नु भएकाे छ । साथै उहाले समस्यामा रहेका श्रमिकहरु सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने र मलेसियाका विभिन्न क्षेत्रमा सम्भावना भए पाक्षीक रुपमा नभए मासिक रुपमा भएपनि सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताउनु भएको छ।

नयाँ कार्य समिति चयन भएपछि नया कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै निबर्तमान अध्यक्ष
राम प्रसाद सुबेदी संगमले अाफ्नाे कार्यकालमा सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै नयाँ समितिले पनि बिश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसंग सहकार्य गरेर अगाडि बढ्न अनुराेध गर्नुभयाे । साथै उहाले अाफु जुनसुकै परिस्थितिमा भए पनि नैतिक भाैतीक आर्थिक हिसाबले नेपाली श्रमिकको पक्षमा गर्न सक्ने सहयाेग सदैव गर्न तयार रहेको बताउनु भयाे ।

मजदुरका लागि मजदुर भन्ने मुल नारा,उद्देश्य र गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफामुखी रहने प्रतिबद्धता सहित नेपाली मजदुर एकता समाज दुई बर्ष अगाडी स्थापना भएको संस्थाको मलेसिया समितिकाे पहिलाे अधिबेशनकाे सञ्चालन नेपाली मजदुर एकता समाजका केन्द्रीय समितिका महासचिव समर्पण भट्टराईले गर्नुभएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?