ट्रेन्डीङ्ग

शुल्क नतिरे परिक्षा रोक्ने विद्यालयकाे धम्की, अखिल (क्रान्तिकारी ) काे छलफलपछि यस्तो निर्णय

सिन्धुपाल्चोक, २९ साउन ।                                       नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) सिन्धुपाल्चोकले विद्यार्थीहरूका यावत् समस्या र विद्यालयमा भएको अनियमितता लगायतका बिषयमा जिल्लाकाे मेलम्ची नगरपालिका वडा नम्बर -१३ मा रहेको फटकशिला उमाविमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू सँग विशेष छलफल गरेको छ ।

उक्त विद्यालयले विद्यार्थीहरू सँग निजि विद्यालय जस्तै गरी शुल्क लिने गरेको,आर्थिक अनियमितता गरेको,विद्यार्थीहरूमाथिकाे हेपाह प्रवृत्ति,धम्की दिने गरेको भन्दै अखिल(क्रान्तिकारी)ले ध्यानाकर्षण सहित छलफल गरेको हो ।

अखिल(क्रान्तिकारी )का जिल्ला अध्यक्ष रविन्द्र चाैलागाईँकाे नेतृत्वमा आज विद्यालय व्यवस्थापन समिति ,प्रअ,शिक्षक,विद्यार्थी तथा बुद्धिजीवीहरू सहितको छलफलले सम्पुर्ण विद्यार्थीहरूलाई शुल्कमा २०% छुट दिने, अनियमितता लगायतका विद्यार्थीहरू माथिकाे दुर्ववहारलाई छानबिन तथा निर्मूल पार्ने, तत्कालै सबै विद्यार्थीलाई प्रवेश पत्र दिने र १२ काे रिजल्ट नआएसम्मकाे अवधिमा विद्यार्थीले शुल्क तिर्ने निर्णय भएको छ ।

उक्त विद्यालयले यसअघि सबै शुल्क नतिरेसम्म प्रवेश पत्र समेत नदिने भनी विद्यार्थीहरूलाई धम्की दिएकाे , १००००/-(दस हजार) भन्दा बढि शुल्क लिएको,शुल्क नतिरे परिक्षा दिन नदिने धम्कि दिएको र धेरै अनियमितता गरेको कारण छलफल गरेको विद्यार्थी नेता रविन्द्र चाैलागाईँले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal